FLASH NEWS
  • Loading...

काँग्रेस पालिका निर्वाचन : अन्नपूर्ण गापामा कृष्ण वरुवाल एक मतले पराजित, पाँच पालिकामा नेतृत्व टुँङ्गीयो, बेनीमा आईतवार मतदान हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७८ पटक पढिएको
काँग्रेस पालिका निर्वाचन : अन्नपूर्ण गापामा कृष्ण वरुवाल एक मतले पराजित, पाँच पालिकामा नेतृत्व टुँङ्गीयो, बेनीमा आईतवार मतदान हुने

काँग्रसको अन्नपूर्ण गाउँपालिका सभापतिमा शनिवार भएको निर्वाचनमा बलबहादुर तिलिजा विजयी भएका छन ।
शनिवार सम्पन्न पालिका स्तरिय अधिवेशनमा भएको गोप्य मतदानमा खम्वीर समुहबाट अन्नपूर्ण गापा, ६ का वडाध्यक्ष समेत रहेका रेशम बानियाँ प्यानलका कृष्णप्रसाद वरुवाललाई एक मतले पराजित गरेका हुन । तिलिजाले ५८ र बरुवालले ५७ मत पाएका थिए । पूर्व सभापति रेशमबहादुर बानियाँ पक्ष विच कडा प्रतिस्पर्धा छ । गर्वुजा देउवा र बानियाँ पौडेल पक्षका हुन ।
त्यसैविच काँग्रेसको शनिवार आयोजना भएको पालिका स्तरिय अधिवेशनबाट जिल्लाका ६ स्थानीय तहमध्य ५ वटा गाउँपालिकामा नेतृत्व टुँङ्गो लागेको छ । बेनी नगरपालिकामा आईतवार मतदान गर्ने कार्यतालिका छ ।
नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र ख का धवलागिरी, मालिका, मंगला गाउँपालिकामा निर्विरोध सभापति चयन भएका छन । धवलागिरी र मंगला गापामा पौडेल समुहका प्रेम पुन र नरसिं केसी तथा मालिका गापामा देउवा खेमाका खिम पुन निर्विरोध निर्वाचित भएका छन ।
प्रदेश निर्वाचन क्षेत्र क मा रहेका रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा जिल्ला सभापति खम्वीर गर्वुजा निकट सभापतिहरु निर्वाचित भएका छन । रघुगंगा गापाको मनकुमार शेरपुञ्जा सर्वसम्मत निर्वाचित भएका छन । अन्नपूर्ण गापामा निर्वाचनबाट नेतृत्व छानिएको छ । बेनी नगरपालिकामा खम्वीर प्यानलबाट रवि कार्कीको समुह र रेशम प्यानलबाट विक्रम बोगटीको प्यानल बनाई उम्मेदवारी दर्ता गरेका छन ।
हिमालपारीको मुस्ताङका ५ स्थानीय तहमध्य घरपझोङ गाउपालिकामा यामप्रसाद थकाली सभापतिमा सर्वसम्मत चयन भएका छन । त्यसैगरी उपसभापतिमा मोहनकुमारी शेरचन, विनोद थकाली, सचिवमा संञ्जय थकाली, विरेन्द्र गौचन, सहसचिवमा तेन्जीङ थकाली र सुरेन्द्र थकाली चयन भएको क्षेत्रिय प्रतिनिधी विकल शेरचनले बताए ।
काँग्रेस मुस्ताङको निर्वाचनमा खटिएका सहसंयोजक अनन्त आचार्यका अनुसार वारागुङमुक्ति क्षेत्रमा आङ्जेन गुरुङ सभापति निर्विरोध भएका छन । थासाङ गाउँपालिकामा ढिलो गरी कार्यक्रम सुरु भएकोले शनिवार साँझ ६ बजेसम्म टुङ्गो लागेको छैन । आचार्यका अनुसार माथिल्लो मुस्ताङको दामोदरकुण्ड–लोघेकर र लोमन्थाङ गापामा सम्पर्क भएको छैन ।