FLASH NEWS
  • Loading...

काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिमा मतदान सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५१ पटक पढिएको
काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिमा मतदान सुरु

नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरिय अधिवेशनमा सभापती पदमा सहमती नजुटेपछि निर्वाचन मतदान सुरु भएको छ ।
रेशम बानियाँ प्यानलका ६ नम्बरका वडाध्यक्ष कृष्ण बरुवाल र खम्वीर गर्वुजा प्यानलबाट वडा नं ५ का बलबहादुर तिलिजा विच मतदान हुन लागेको हो । अन्नपूर्ण काँग्रेस अधिवेशनमा १ सय २२ जना प्रतिनिधीले मतदान गर्दैछन ।
सभापति बाहेक सवै पदमा सर्वसम्मत भएको छ । उपसभापतिमा राजेश तिलजिा (शिख), अर्जुन गुरुङ (दाना) र सचिवमा टक्कु फगामी (नारच्याङ) र ललिता पुर्जा (नागी) समेत ४४ पदमा सर्वसम्मत भएको सभापतिका प्रत्यासी कृष्ण बरुवालले बताए ।
त्यसैविच काँग्रेसको पालिका स्तरिय अधिवेशनमा म्याग्दीको प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने मंगला गापामा नरसिं केसी (रेशम प्यानल) मालिका गापामा खिम पुन (खम्वीर प्यानल) र धवलागिरीमा गापामा प्रेम पुन (रेशम प्यानल)बाट सभापति पदमा सर्वसम्मत भएको छ । अन्य पदमा पनि सर्वसम्मत गर्न प्रयास भैरहेको काँग्रेस म्याग्दीले जनाएको छ ।
प्रदेश निर्वाचन क्षेत्र क मा पर्ने बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गापामा खम्वीर र रेशम प्यानल विच कडा प्रतिस्पर्धा छ । बेनी नगरपालिकामा खम्वीर प्यानलबाट रवि कार्कीको समुह र रेशम प्यानलबाट विक्रम बोगटीको प्यानल बनाई उम्मेदवारी दर्ता गरेका छन ।
रघुगंगामा रेशम प्यानलका गापा अध्यक्ष भवबहादुर भण्डारी र खम्वीर प्यानलबाट मनकुमार शेरपुजाको प्यानल प्रतिस्पर्धामा देखिएको छ ।
काँग्रेसको केन्द्रीय समिकरणमा बानियाँ रामचन्द्र पौडेल र खम्वीर शेरबहादुर देउवा प्यानलका हुन । केन्द्रीय प्यानलबाहेक जिल्लामा खम्वीर र रेशम विच फरक शैलीको प्रतिस्पर्धा छ । काँग्रेसको पुरानो पुस्ताले खम्वीरले पुराना कार्यकर्ताको क्रियाशिल सदस्यता नविकरण नगर्ने र नयाँ सदस्यता सदस्यता वितरण गरी निष्ठाको राजनितीलाई समाप्त पारेको आरोप लगाउने गरेका छन ।