FLASH NEWS
  • Loading...

नेप्सेमा हरियाली, १०५ अङ्कले बढ्यो नेप्से परिसूचक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०१ पटक पढिएको
नेप्सेमा हरियाली, १०५ अङ्कले बढ्यो नेप्से परिसूचक

साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक १०४.८८ अकंले बढेको छ ।

कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्ततः १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८७ प्रतिशतले बढी हो ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ३.८७ प्रतिशतले बढेर २८१६.९५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक १९.४७ अकंले बढेर ५२८.१० बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहका सबै उपसमूहको सूचक बढेका छन् ।

त्यस्तै बुधबार नै कारोबारमा आएका ६ अर्ब १७ करोड ९३ लाख १ सय ५८ रुपैयाँको २ सय १७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।