FLASH NEWS
  • Loading...

असोज १० गतेबाट मुक्तिनाथ सर्वसाधारणकालागी खुल्ला

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५४ पटक पढिएको
असोज १० गतेबाट मुक्तिनाथ सर्वसाधारणकालागी खुल्ला

हिमालपारीको जिल्ला मुस्ताङ्ग स्थित हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तिर्थस्थल मुक्तिनाथ मन्दीर असोज १० गतेबाट खुल्ला हुने भएको छ ।
हिन्दुहरुको धार्मिक पर्व सोह् श्राद्ध सुरु भएसँगै मुक्तिनाथ दर्शन एवं पुजाअर्चना खुल्ला गरिएको हो । 
जिल्ला कोभिड संकट ब्यवस्थापन समिति मुस्ताङ्गको निर्णय अनुसार मंगलवार जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गले विज्ञप्ती प्रकाशित गरी मुक्तिनाथ खुल्ला गरिएको जानकारी गराईउको हो ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको हस्ताक्षरित विज्ञप्तीमा ७ दिन भित्रको पिसिआर नेगेटीभ रिपोर्ट वा ७२ घन्टा भित्रको एन्टीजिन रिपोर्ट वा पूर्ण खोप प्राप्त गरेको कार्ड बाहेकका अन्यलाई भने मुस्ताङ प्रवेशमा निषेधज्ञा जारी गरिएको छ ।