FLASH NEWS
  • Loading...

म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा बानीयाँ चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा बानीयाँ चयन

म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा अमित बानीयाँ चयन भएका छन । शनिबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट बानीयाँ अध्यक्षमा चयन भएका हुन ।  

त्यसैगरी अधिवेशनबाट कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल बिश्वकर्मा, सचिवमा राम बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह–कोषाध्यक्षमा नारायण प्रसाद सेन्चुरी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा प्रेम बिश्वकर्मा, परमानन्द घमाल, लाल बहादुर बिश्वकर्मा, शंकर बिश्वकर्मा, जित बहादुर बिश्वकर्मा, सन्दिप अधिकारी र तारा बिश्वकर्मा रहेका छन । आमन्त्रीत सदस्यहरुमा गोबिन घमाल, भानु रामदाम र श्रबण बिश्वकर्मालाई चयन गिरएकाे छ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघ गण्डकी प्रदेशका उप–सभापति जिबन कुमार बिश्वकर्माले कोरोना महामारीका कारण धेरै जसोको रोजगार गुमेकाले सुनचाँदीको कारोबारमा पनि गिरावट आएको भन्दै बिश्वकर्माले ब्यबसायीहरुलाइ हतोत्साही नहुन अाग्नह गरे ।