FLASH NEWS
  • Loading...

आरोही निर्मल पुर्जाद्धारा जन्मस्थलका विपन्नलाई खाद्यान्न सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१९ पटक पढिएको
आरोही निर्मल पुर्जाद्धारा जन्मस्थलका विपन्नलाई खाद्यान्न सहयोग

प्रख्याख हिमाल आरोही निर्मल पुर्जाले अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली थलो दानाका १ सय ६० घर विपन्न, एकल महिला र बाढी पीडित परिवारलाई खाद्यान्नसहयोग गरेका छन ।


मनास्लु हिमाल आरोहणक्रममा रहेका पर्वतारोही पुर्जाले दाजु जीत पुर्जा मार्फत दानाका विपन्न परिवारकालागी ४ लाख ५० हजार मुल्य बराबरको एक वोरा चामल, २ लिटर खानेतेल, २ केजी दाल, ४ केजी खानेनुन सहयोग गरेका छन ।
पुर्जाले पठाएको सहयोग शनिवार दानामा वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष नरसिं पुनको रोहोवरमा लक्षित समुदायलाई वितरण गरिएको स्थानीय गंगा पुनले जानकारी गराएका छन ।