FLASH NEWS
  • Loading...

अफगानिस्तानका अपदस्त उपराष्ट्रपतिको घरबाट ७७ करोड नगद र १८ सुनको इँटा बरामद

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
अफगानिस्तानका अपदस्त उपराष्ट्रपतिको घरबाट ७७ करोड नगद र १८ सुनको इँटा बरामद

एजेन्सी ः तािल बानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका विस्थापित उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ ७७ करोड भन्दा बढी) रकम र १८ वटा सुनको इँटा बरामद गरेको दाबी गरेको छ ।

तालिबानको दाबी छ– पन्जसिर कब्जापछि तालिबानी लडाकुले सालेहको लुक्ने स्थान कब्जा गरेका छन् । तालिबानका लडाकुले एक भिडिओ जारी गर्दै यो कुराको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उक्त भिडिओ तालिबानको अकाउन्टमा भाइरल भइरहेको छ ।

सार्वजनिक भएको भिडिओमा चार–पाँच जना तालिबानी लडाकु एउटा घरमा पसेका छन् । घरको खानतलासी गरिरहेका छन् । झोलाहरू छरिएका छन् । कुनै झोलाबाट डलरको गड्डी र सुनका इँटाले भरिएका सामानहरू बाहिर निकालेको देख्न सकिन्छ ।