FLASH NEWS
  • Loading...

‘माधव नेपाल निहुँ खोजीखोजी निक्लनु भो’– सचिव गुरुङ्ग

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७४ पटक पढिएको
‘माधव नेपाल निहुँ खोजीखोजी निक्लनु भो’– सचिव गुरुङ्ग

एमाले सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले माधव नेपालले प्रचण्डसँग एमाले फुटाउने ‘गोप्य लिखत’ सम्झौता गरी पार्टीमा निहुँ खोजी खोजी निक्लेर गएको बताएका छन ।
सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्याक्रममा बोल्दै अस्तो आरोप लगाएका हुन ।
‘पार्टी जीवनमा अल्पमत, बहुमत हुन्छन । अन्र्तर सर्घष हुन्छ । स्वभाविक हो । माधव नेपालकै सहमतिमा जेठ ५ मै फर्कनेगरी १० बुंदे सहमती भयो, तर कार्यान्वयन गर्न मान्नु भएन । उहाँकै माग अनुसार पावर शेरिङ गर्न दुई अध्यक्षको प्रस्ताव मैले नै गरें । ओलीले स्वीकार गर्नु भो तर माधवले मान्नु भएन । माधवको ब्यक्तिको स्वार्थ प्रेरित ब्यवहारबाट आजित भएर उहाँको क्याम्पमा रहेका दोस्रो तहका दर्जन नेता कमरेडहरुले साथ छोड्नु भो तर माधव नेपालले निहुँ झिकेर पार्टी छोड्नु भो’ सचिव गुरुङले भने, ‘माओवादीका एक नेताले मलाई भनेका थिए, माधव नेपाललाई फकाउने प्रयास निर्थक हुन्छ । अव माधव एमालेमा रहनु हुन्न ढुक्क हुनुस भने । उनैले प्रचण्ड र माधव विच पार्टी विभाजन गर्ने लिखित सम्झौता भएको खुलासा गरे । अहिले घट्ना क्रमले सार्वजनिक नभएको र प्रमाणित नभएको माधव–प्रचण्डको गोप्य लिखत अनुसार नै पो भएको हो कि भन्ने पुष्टी गर्दै लगेको छ ।’

त्यसैगरी कार्यकर्ता प्रशिक्षण गर्दै एमाले नेता तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले माधव नेपालले पार्टीमा कुनै विचार, शिद्धान्तमा असहमत राखेर मतान्तर भएकै होईन, कसैको उस्काहटमा पार्टी फुटाउने र एमालेलाई कमजोर बनाउने कुत्सित मनसायबाट निहुँ झिकेको आरोप लगाउँदै ‘कुचुले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएको’ बताए ।
‘जव १० वुंदे सहमति मार्फत एमाले पार्टी मिलेरै जाने कुरामा सहमति बन्यो माधव नेपालले ‘म मान्दिन’ भन्दै बम्केर हिंडे । त्यसपछि उनकै निकटसाथीहरुले बल्न माधव नेपाल कसैको गोटी वन्दै गरेको चाल पाएर, आफ्नो बुझाई सच्चाए । एमाले टुक्रिनबाट जोगिएको छ’ नेता गुरुङले भने, ‘मुल पार्टीबाट चोईटिएकाको कुनै भविष्य छैन । हिजो हामीले पीडा भोगेका छौं, तीतो अनुभव छ । नेपालमा कुनै पनि पार्टी फुटाएर गएकाहरु पुन :शक्तिमा आएका छैनन । माधव नेपालका मतियार देउवा पनि गिरीजाको पाउ पर्ने फर्कनु परेको थियो ।’

प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको सहभागिताले नेकपा एमाले जिल्ला कमिटी उत्साही भएको जनाएको छ । जिल्ला सचिव बालकृष्ण सुवेदीको संञ्चालन, अध्यक्ष हरीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा एमाले बाग्लुङ्गका अध्यक्ष इन्द्रलाल सापकोटा, गण्डकी प्रदेस कमिटीका नवराज शर्मा, नरदेवी पुन समेतले समसामयीक विषयमा प्रशिक्षण दिएका थिए ।