FLASH NEWS
  • Loading...

म्याग्दीमा सामाजिक विकास कार्यालय स्थापना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०८ पटक पढिएको
म्याग्दीमा सामाजिक विकास कार्यालय स्थापना

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधी तथा सामजिक विकास मन्त्रालय अन्र्तगत म्याग्दीमा सामाजिक विकास मन्त्रालय स्थापना भएको छ ।
बेनी नगरपालिका, ७ मंगलाघाट स्थित साविक महिला विकास कार्यालयमा मंगलवार गण्डकी प्रदेश समाजिक विकास कार्यालय स्थापना गरिएको हो । उक्त भवनमा हाल १४ बर्ष माथिका वयस्कले अध्ययन गर्ने उज्यालो वैकल्पिक विद्यालय संञ्चालनमा रहेको थियो । सामाजिक विकास कार्यालय रहेपछि विद्यालय विस्थापित हुने भएको छ ।
संघिय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको स्वामित्वमा रहेको उक्त जग्गा तथा भवनमा प्रदेश सरकार विच ०७८ साउन १४ गते भवन उपयोग सम्बन्धी सम्झौता भए अनुसार सामाजिक विकास कार्यालय स्थापना गरिएको हो’ कार्यालय प्रमुख डम्बरबहादुर जिसीले भने, ‘अर्को विकल्प फेला नपर्दासम्म वैकल्पिक विद्यालय रहने र तत्काल भवन खोजी विद्यालय स्थानन्त्रण गर्ने सहमति भएको छ ।’
सामाजिक विकास कार्यालयमा तह ७/८ औं तहका शाखा अधिकृत कार्यालय प्रमुख, राजपत्र अनंकृति ५/६ औं तहका इन्जिनियर १, शिक्षा अधिकृत १, महिला विकास १, प्रशासन १, लेखा १, २ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालक समेत ९ जना कर्मचारीको दवरवन्दी कायम गरिएको छ ।
कार्यालयमा ९ जना कर्मचारी ब्यवस्था भएपनि तत्काल भने कार्यालय प्रमुख र एक प्रशासन सहायकले कार्यालय संञ्चालन गर्ने भएका छन । जिल्ला स्तरिय कार्यालयबाट गण्डकी प्रदेश सरकार अन्र्तगतका महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गता, शिक्षा तर्फ भवन, शौचालय, चमेनागृह, खेलमैदान आदी, संस्कृति तर्फ संग्राहलय, आमा समुह, युवा क्लवका भवन आदी निर्माणमा पनी काम गर्ने कार्यादेश रहेको कार्यालय प्रमुख जिसीले सुनाए ।