FLASH NEWS
  • Loading...

बाढीले लुलाङमा लघुजलविधुतको नहर र पावरहाउ बगायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३२ पटक पढिएको
बाढीले लुलाङमा लघुजलविधुतको नहर र पावरहाउ बगायो

भारी वर्षापछि धवलागिरी गाउँपालिका, २ लुलाङ स्थित दरखोलामा आएको बाढीले ४५ किलाेवाट क्षमताको दोस्रो दरखोला लघुजलविधुत परियोजना बगाएको छ ।
धवलागिरी गापा अध्यक्ष थमसरा पुनले दिएको जानकारी अनुसार राती दरखोलामा आएको बाढीले लघुजलविधुत परियोजनाको नहर तथा पावरहाउस सवै बगाएको छ । बाढीले वैकल्पिक उर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदानगरी करिव २ करोड लागतमा दुई वर्ष अघि मात्र लघुजलविधुत परियोजना निर्माण भएको थियो ।
८ बर्ष अघि पनि सोही खोलामा लम्सुङवस्ती नजिकको लघुजलविधुत परियोजना बाढीपहिरोले पूर्णरुपमा बगाएपछि पुन: एक किलोमिटर माथी सारिएको थियो । बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम दलित वस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएका छन ।