FLASH NEWS
  • Loading...

कागजमा फेरिएको बेनी अस्पताल ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७० पटक पढिएको
कागजमा फेरिएको बेनी अस्पताल ?

०४२ सालमा स्थापना भएको १५ वेडको म्याग्दी जिल्ला अस्पताल ०७३ असारदेखी बेनी अस्पताल बनेको हो ।
तत्कालिन एमालेको ओली सरकारका स्वास्थ्य मन्त्री खगराज अधिकारीले म्याग्दी जिल्ला अस्पताललाई ५० वेड क्षमताको अस्पतालमा स्तर वृद्धी नाम फेरिदिएको हुन, वेनी अस्पताल । ५ वर्ष अघि म्याग्दी अस्पतालबाट बेनी अस्पतालमा रुपान्त्रण भएपनि ‘५० वेड क्षमतामा स्तर वृद्धी’ भने अझै कागजमा सिमित छ ।
अभिलेखमा म्याग्दी सदरमुकाम बेनीमा ५० वेडको ‘बेनी अस्पताल’ संञ्चालित छ । तर ५० वेडको अस्पतालमा हुनु पर्ने न्युनतम सेवा मापदण्ड (एमएसएन) अनुसारको न्यूनतम अस्पतालको सुविधायुक्त भवन, आवश्यक उपकरणहरु युक्त पूर्वाधार, विषशज्ञ डाक्टरहरु सहितको जनशक्ति ब्यवस्थापन र क्षमता अनुसारको आर्थिक सुनिश्चिततासमेतका मापदण्डले कागजी अस्पतालमा सिमिति छ ।
संगठन संरचना अन्र्तगत स्वीकृत दरवन्दी अनुसार अस्पतालमा ११ औं तहका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, वरिष्ठ फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिष्ट, पेडियाट्रिसियन, गाईनोलोजिष्ट, अर्थोपेडिक, साईक्याट्रिक्स, फिजियो थेरापिष्ट, रेडियोलोजिष्ट, नसिङ्ग अधिकृत समेत ११ जना विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट)को दरवन्दी कायम गरिएको छ ।
स्वीकृत दरवन्दी अनुसार बेनी अस्पतालमा वाल रोग, स्त्रीरोग, हाडजोर्नी, फिजियो थोरापी, रेडियोलोजिष्ट, शल्यक्रिया, एनेस्थेसिया समेत ७ वटा वार्ड (विभाग) हुनु पथ्र्यो । सोही अनुसार प्रत्यक वार्डमा एक जना विशेषज्ञ डाक्टर, एक जना मेडिकल डाक्टर, ४ जना नर्सले सेवा दिन्थे । तर अहिले एउटै डाक्टर सवज्र्ञ भै उपचार गर्नु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । दरवन्दी अनुसारका कुनै पनि कन्सल्टेन्ट डाक्टरहरु आएका छैनन ।
त्यस्तै ४ जना मेडिकल अफिसरको दरवन्दी भएकोमा २ जना अध्ययन विदामा छन । एक जना रिक्त छ । बाँकी नवौं तहका मेडिकल अफिसर रहेका डा.जीतेन्द्र कँडेल नै निमिक्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा छन । ८ जना स्टार्फ मध्य ५ जना मात्र कार्यरत छन ।


‘बेनी अस्पतालको मापदण्ड अनुसारको पुर्वाधार, प्रविधी र जनशक्ति ब्यवस्थापन हेर्दा कागजी अस्पताल नै हो’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीतेन्द्र कंडेलले भने, ‘भवन समेत भौतिक पूर्वाधार नहुँदा विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट)कोहरु आउने वातावरण वन्न सकेको छैन । अस्पतालले दिईरहेको केही राम्रा सेवाहरु पनि ओझेलमा परेका छन ।’
हाल दरवन्दी अनुसारका नभएपनि छात्रवृत्तिका इन्टेन्सीप डाक्टर, निक साईमण्ड इन्स्टिच्युटले राखेका र करारमा आएका डाक्टरहरुको भरमा बेनी अस्पतालको सेवाहरु सुचारु गरिएको छ ।
मेडिकल अधिकृतमा कार्यरत रहेपनि मेसु डा. कंडेल एमडिजिपी हुन । त्यस्तै करारमा एमडिजिपी डाक्टर एक र गाईनोका एक डाक्टर छन । अस्पताल ब्यवस्थापन समितिले आफ्नै श्रोतमा मेडिकल अफिसर, स्टार्फ नर्स, ल्याव टेक्निसियनहरु भर्ना गरेको छ ।
त्यसैगरी निक साईमण्ड इन्स्टिच्युटबाट एक मेडिकल अफिसर, एक एनेस्थेसिया सहायक, एक स्टार्फ नर्स र एक जना वायोमेडिकल इक्युपमेन्ट टेक्नीसियन सहयाग गरेको छ । संस्थाले साउनदेखी एमडिजिपी डाक्टर फिर्ता गरेको थियो ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन विभागले तयार पारेको ५० बेड क्षमताका अस्पतालमा हुनु पर्ने गुणस्तर सुधार तथा मापदण्ड अनुसार ब्यवस्थापन तर्फ संगठन ब्यवस्थापन, मानवश्रोत ब्यवस्थापन, आर्थिक (बजेट) ब्यवस्थापन, औषधी तथा सूचना ब्यवस्थापन र गुणस्तर कायम गरिएको हुनु पर्छ ।
त्यसैगरी क्लिनिकल ब्यवस्थापन अन्र्तगत जनरल मेडिसिन, आकस्मिक सेवा, अन्र्तरंग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोईमेजिङ), शल्यक्रिया सेवा, नाक, कान, घाँटी (इएनटी), दन्तरोग सेवा, कार्डोलोजी, फार्मेसी सेवा, रक्त संञ्चार सेवा, सघन उपचार सेवा, विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा समेतका सेवा अनिवार्य तोकेको छ ।
त्यैस्तै भौतिक पूर्वाधार तर्फ विरामीको नाम दर्ता, विरामी बस्ने स्थान, डाक्टर, नर्स बस्ने स्थान/वेन्च वेवस्थापन देखी, फोहोर ब्यवस्थापन, क्यान्टिन, खानेपानी, सामाजिक सेवा, स्टोर ब्यवस्थापन, समेतका २२ प्रकासरका सेवाको मापदण्ड तोकेको छ ।
‘निर्माणाधिन भवन पुरा भएको खण्डमा अहिलेको अस्तब्यस्तता धेरै हदसम्म अन्त्य हुन्छ । तर यो भवन पनि स्वास्थ्य भवन पूर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका अनुसार नभएकोले पुरै विभाग संञ्चालन गर्न भने सकिने छैन’ मेसु डा कंडेलले भने, ‘अस्पतालको स्तरवृद्धी गर्दा कागजमा स्टक्चर मात्र खोजेको देखियो । जनशक्ति ब्यवस्थापनमा ध्यान गएको देखिदैन ।’
अस्पतालको स्वीकृत संगठन संरचना अनुसारको दरवन्दी, भवन तथा अस्पतालमा हुनु पर्ने भौतिक संरचना बनेका छैनन । अस्पताल न्युन जनशक्ति र जीर्ण छाप्राहरुमा जर्वजस्ती चलेको छ । ५० बेड क्षमताको अस्पताल भनिएको भएपनि बेनी अस्पतालमा वेहोस बनाई गरिने शल्यक्रिया, हाडजोर्नी, वालरोग, स्त्रीरोग, मानसिक रोग, समेतका रोगहरुको जाँच तथा परिक्षण नहुने भएकोले पोखरा रिफर गर्ने गरिएको छ । बेनी अस्पताल रिफरल अस्पतालको रुपमा रहेको छ ।
बेनी अस्पतालको अभिखेल अनुसार ओपिडी र इर्मजेन्सी तर्फगरी दैनिक २५–३० जना विरामी आउँछन । यी मध्य दैनिक ८ जना विरामीलाई पोखरा, काठमाण्डौ रिफर गर्ने गरिएको छ । भदौ १–४ गतेसम्म बेनी अस्पतालको इर्मजेन्सीमा आएका १ सय ६ जना विरामीमध्य ६ जनालाई र अस्पताल भर्ना भएका २७ जना विरामीमध्य २ जना विरामीलाई ठूला अस्पतालमा रिफर गरिएको थियो ।
अस्पतालको इन्डोरमा कार्यरत स्टार्फ नर्स समिक्षा अधिकारीका अनुसार भर्ना भएका विरामीमध्य बच्चाको आईसियु नभएकोले प्रसुतीका गराउनु पर्ने विरामी, किड्नीका र शल्यक्रिया गर्नु पर्ने विरामी रिफर गर्नु पर्छ । त्यस्तै हाडजोर्नीका सतप्रतिशत विरामी रिफर गर्ने गरिएको छ ।
‘बेनी अस्पताल स्वीकृत क्षमतामा चल्न सकेको छैन । ५० बेडको अस्पताल भने पनि वालरोग, वेहोस बनाई गर्नु पर्ने शल्यक्रिया, हाडजोर्नी वा अति नियमित फ्लोपअ गर्न पनि पोखरा, काठमाण्डौ पुग्नु पर्ने बाध्यता छ । रिफरल अस्पताल बनेको छ’ एमालेक सचिव वालकृष्ण सुवेदीले भने, ‘निर्माणाधिन भवन अलपत्र पर्दा अस्पतालको संरचनामै प्रभाव परेको छ । विरामीले उपचारमा सास्ती पाएका छन ।’
भौतिक पूर्वाधार निर्माण नहुँदा अस्पताल प्रसासन नै स्वास्थ्य कार्यालयको भवनमा एक तल्ला मागेर काम चलाईएको छ । पूर्वाधार, मानवश्रोत र बजेट अभावका विचमा पनी बेनी अस्पतालले सघन उपचार, रेडियोईमेजिङ तर्फको एक्सरे, अल्टासाउण्ड, इन्डोस्कोपी, डायलासिस, अक्सिजन प्लान्ट, अस्पताल फार्मेसी आदी सेवा धुलाम्मे छाप्रोमा राखेरै काम चलाईएको छ । न्युन जनशक्ति, भवन समेतको भौतिक पूर्वाधार अभाव विच कोरोना आईसियु संञ्चालनमा रहेको छ । जटिल प्रसुती समेत सामान्य शल्यक्रिया, दाँन्त रोग, आँखा उपचार, रक्त संञ्चार सेवा, हेमोडायलासिस सेवा जस्ता महत्वपूर्ण उपचार भैरहेको छ ।
‘बेनी अस्पतालले डायलासिस, इन्डोस्कोपी समेत धेरै सुविधा थपेको छ । तर सवै भवन समेतका पूर्वाधार समयमा निर्माण नहुँदा ओझेलमा परेका छन । भौतिक पूर्वाधार ब्यवस्थित नहुँदा अहोरात्र खटेर सेवा दिएका श्वास्थ्यकर्मीले जस पाएका छैनन’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘मापदण्ड अनुसारको अस्पताल भवन र पूर्वाधार नहुँदा विशेषज्ञ डाक्टर आउन मानेनन, आएपछि राख्ने ठाउँ पनि छैन । हामी लडेका छौं, संरक्षित ठेकदार हुँदा जनताले उपचारमा पनि ठगिएका छन ।’
त्यसैविच बेनी अस्पताललाई केही बर्षदेखी एमडिजिपी डाक्टरसहित जनशक्ति, प्राविधिक र आर्थिक सहयोग गर्दै आएको निक साईमण्ड इन्स्टीच्युट (एनएसआई)ले भौतिक तथा जनशक्ति ब्यवस्थापनमा सुधार नगरे सहयोग फिर्ता गर्ने बताएको छ ।
०७३ असारमा स्वास्थ्य मन्त्रालयले तत्कालिन १५ बेडको म्याग्दी जिल्ला अस्पतालको स्तरवृद्धी गराई ५० वेड क्षमतामा बनाएको हो । स्वास्थ्य मन्त्रालयले बेनी अस्पताल बनाउन सोही वर्ष ठेक्का लगाएको थियो । तर निर्माण ब्यवसायी महाँसंघका केन्द्रीय अध्यक्ष रवि सिंह समेतका ब्यवसायीले ०७३ पुस २१ गते ३६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको बेनी अस्पताल निर्माण साढे चार वर्षमा पनि ५० प्रतिशतको हाराहारीमा अलपत्र परेको छ । ओपिडि, ल्याव र इर्मजेन्सी सेवा पुराना र जीर्ण भवनमा राख्नु परेको हो ।
‘अस्पतालको न्युनतम सेवा मापदण्ड (एमएसएस)को विषयलाई उठाएर अस्पतालमा ठूलो सहयोग गर्दै आएको निक साईमण्ड सुधार नगरे फर्कने बताएको छ । विभागमा कुरा राख्यो, भौतिक संरचना नै छैन, किन चाहियो जनशक्ति भन्छन’ अस्पतालका मेसु डा. कँडेलले भने, ‘दरवन्दी अनुसारको शनशक्ति नहुँदा सास्ती भएको छ । अस्पताल त चलेको छ तर मापदण्ड अनुसार छैन । एउटै डाक्टरले कोरोनाका विरामीदेखी ओपिडि, इन्डोर र इर्मजेन्सीसम्मका विरामी हेर्नु पर्ने बाध्यता छ ।
जिल्लामा विशेषज्ञ (कन्सल्टेन्ट) डाक्टर नहुँदा बेनी अस्पताल आउने विरामीले राम्रो उपचारबाट वन्चित मात्र भएका छैनन, बाहिर उपचार गरी फ्लोपअमा रहेका विरामीले समेत जिल्लामा औषधी पाउन सकेका छैनन । विशेषज्ञ डाक्टर नहुँदा निजी क्लिनिकले पनि मेडिकल अफिसरले चलाउने औषधी मात्र ल्याउने भएकोले अन्य विरामीले बाहिर क्लिनिकमा औषधी खरिद गर्न समेत समस्या भएको हो । इन्सुलिन लिनु पर्ने सुगरका विरामीेले समेत बेनी अस्पतालमा विमा भित्रै पनि औषधी नपाउने अवस्था छ ।
‘बेनी अस्पताल भित्र छिर्दा भद्रगोल देखिन्छ । साँघुरो र कच्याककुचुक परेर फालेको कागज जस्तो सवै सेवा एकै ठाउँमा । जुनसुकै विरामी हेर्ने एउटै ओपिडी सेवा । अब्यवस्थित लाग्छ’ रघुगंगा गाउँपालिका, २ राखुबाट दाँतको सेवा लिन आएका राम भण्डारीले भने, ‘ठूलो भवन, सफा र ब्यवस्थित ओपिडी र इन्डोर सेवा, सफा र चिटिक्क परेका सिस्टरहरुको सेवा र सवै रोगको यहीं उपचार कल्पना मात्र हुने भो ।’