FLASH NEWS
  • Loading...

म्याग्दीका ४३ वडामा काँग्रेसको नयाँ नेतृत्व

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
म्याग्दीका ४३ वडामा काँग्रेसको नयाँ नेतृत्व

नेपाली काँग्रेसले शुक्रवार म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटामध्य ४३ वटामा नयाँ नेतृत्व चयन गरेको छ ।
काँग्रेसले अन्नपूर्ण गाउँपालिका, १ दोवा र ८ नम्बर वडा राम्चेमा कृयाशिल सदस्यता नविकरण गराउन नसक्दा नयाँ नेतृत्व चयन गर्न सकेन । यी वडामा कृयाशिल सदस्यता नविकरण गरि पुन: निर्वाचन मितीतय गरिदिन केन्द्रसँग आग्रह गरिएको म्याग्दी काँग्रेसले जनाएको छ ।
म्याग्दीमा १ हजार ८४ जना पुराना र १ हजार ७ सय ५५ जना नयाँ थप गरिएका समेत २ हजार ८ सय ३९ कृयाशिल सदस्य रहेको काँग्रेसले जनाएको छ ।
काँग्रेसको भदौ १८ गते शुक्रवार देशभर एक साथ सवै वडामा सभापति, उपसभापति, सचिव र दुई सहसचिव समेत ५ जना पदाधिकारी चयन गरेको हो । कोषाध्यक्ष समेत अन्य सदस्य सभापतिले मनोनयन गर्ने चलन छ ।
त्यसैगरी भदौं २२ गते देशभर जिल्ला नेतृत्व चयन गर्दैछ । म्याग्दीमा भदौ २२ गते हुने जिल्ला अधिवेशनमा सभापति पदमा खववीर गर्वुजा र रेशमबहादुर बानियाँको प्यानल चुनावी कसरतमा छ । काँग्रेसको आसन्न जिल्ला अधिवेशन मगर र क्षत्रीबाहुन गरी जातिय रुपमा विभाजनको संकेत देखिएका छन ।