FLASH NEWS
  • Loading...

बुढालाइ पन्रछ्याउँदै युवती अध्यक्ष !

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७६ पटक पढिएको
बुढालाइ पन्रछ्याउँदै युवती अध्यक्ष !

नेपाली कांग्रेसलाई सद्यैँ एउटा आरोप लाग्ने गर्दछ । बुढाहरुको पार्टी जहाँ उमेर नढल्किएसम्म कुनै पद पाउँदैन ।

तर, दैलेखमा भने भरखरैमात्र बालिका अवस्थाबाट युवा अवस्थामा प्रवेश गरेकी १९ वर्षिय युवती स्वस्तीका महत दुल्लू नगरपालिका-३ की वडा सभापतिमा निर्वाचित भएकी छन् ।

नेपाली राजनीतिमै उदाहरणका पात्र बनिरहेका युवाले आगामी दिनमा युवाको भविष्य रहेको देखाइरहेका छन् ।

दुल्लू नगरपालिका प्रमुख कांग्रेस नेता भुपेन्द्र भण्डारीले पार्टीको नीति अनुसार युवालाई अघि सारेको बताए । दैलेख कांग्रेसका तत्कालिन उपसभापति भुपेन्द्रजंग महतको २ वर्ष अघि कात्तिकमा डेंगु लागेर मृत्यु भएको थियो ।

उनै उपसभापतिकी छोरीले स्वास्थ्यकर्मीका साथसाथै राजनीतिमा समेत होम्मिएकी हुन् । कांग्रेसको १४ औं महाधिवेसनमा उनले त्यहाँका बुढापाकालाई आराम गर्न लगाउँदै वडाको भार आफ्नो काधँमा थामेकी छिन् ।