FLASH NEWS
  • Loading...

राहुघाट खोला थुनियो, कालीगण्डकी तटिय वस्ती जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
राहुघाट खोला थुनियो, कालीगण्डकी तटिय वस्ती जोखिममा

रघुगंगा गाउापालिका, ६ रायखोरको मुलपानीबाट झरेको ठूलो पहिरोले राहुघाट खोला थुनिएको छ । विहिवार विहान ५ बजेतिर खसेको पहिरोले रघुगंगा गापा, ६ रायखोर र ७ चिमखोलाको गौडामुनी भन्ने स्थानमा पहिरोले राहुघाट खोला थुनेको स्थानीय प्रदीप पाईजाले बताए ।
घट्नास्थल पुगेका पाईजाका अनुसार पहिरोले करिव ५० मिटर जति गहिरो र ५ सय मिटर लामो ताल परेको छ ।
रघुगंगा गापा अध्यक्ष भवबहादुर भण्डारीका अनुसार एक साता अघि पनि यहाा सानो पहिरोले करिव आधा घन्टा खोला थुनिएको थियो ।
र्रायोखोरको पुरै भीर भत्केको छ । एक साता अघि पनि पहिरो झरेको हो, अहिले ठूलो पहिरोले खोला थुनिएको हो । पहिरो झर्नेक्रम रहेकोले खोला कति समय थुनिन्छ भन्न सकिन्नÕ रहुगंगा गापा अध्यक्ष भवबहादुर भण्डारीले भने, łपुरभै पाखो र भीर ३ देखी ५ मिटरसम्म खण्ड खण्ड भएर खस्दै छ । यही वर्षायाम नभएपनि हिउादमा पनि पहिरोले राहुघाट थुनिने संभावना छ ।Õ
अहिले पहिरो झरेको रायोखोरको पहिरोले ०५७ सालदेखी सुरु भएको हो । ०५७ सालमा ठूलो पहिरो जान थालेपछि रायोखोरका कम्तीमा ४० घर रहेको रायोखोर वस्ती सुरक्षित स्थानमा स्थानन्त्रण गरिएको थियो ।