FLASH NEWS
  • Loading...

गुगल सर्चको विकल्पमा यसरी लोकप्रिय बन्दैछ डकडकगो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८२ पटक पढिएको
गुगल सर्चको विकल्पमा यसरी लोकप्रिय बन्दैछ डकडकगो

अनलाइनमा मनपरेको कुनै एउटा चिज खोज्यो महिना दिनसम्म त्यससँग सम्बन्धित विज्ञापन देखापर्छ । सबै अवस्थामा तपाईंलाई यस्ता विज्ञापन आइरहेको मन नपर्न सक्छ ।

अधिकांशले प्रयोग गर्ने सर्च इन्जिन हो, गुगल । हाम्रो स्मार्टफोनमा गुगल क्रोम डिफल्ट एपको रुपमा रहने भएका कारण पनि यसको प्रयोग धेरै भएको हो । तर गुगल सर्च एउटा गोपनीयतामैत्री सर्च इन्जिन भने होइन ।

किनभने यसले तपाईंका प्रत्येक अनलाइन गतिविधिलाई रेकर्ड गरेर राख्दछ । गुगलका यी गतिविधिदेखि वाक्क भएर तपाईं कुनै सुरक्षित सर्च इन्जिनको खोजीमा हुनुहुन्छ भने डकडकगो एक राम्रो विकल्प हुन सक्छ ।

\डकडकगोको प्रयोग गरी अनलाइन ट्रयाकिङबाट बच्न सकिन्छ, जसले प्रयोगकर्ताको सर्च हिस्ट्री सम्बन्धी कुनै जानकारी राख्दैन । हुन त अरु पनि थुप्रै प्राइभेट ब्राउजरहरु अनलाइनमा उपलब्ध छन्, जसले प्रयोगकर्तालाई ट्रयाक हुनबाट बचाउँछन् । उदाहरणका लागि ब्रेभ ब्राउजरले एड ट्रयाकर र थर्ड पार्टी कुकिजबाट तपाईंलाई सुरक्षित राख्छ ।

पछिल्ला दिनलाई हेर्ने हो भने डकडकगो ले आफ्नो बारेमा प्रचारप्रसार गरिरहेको छ । र, आफूलाई गुगल सर्चसँगै सफारी र फायरफक्सको प्रतिद्वन्दी भएको दाबी गरेको छ । बेला बेला हुने गम्भीर प्रकृतिका डेटा लिकका घटनाका कारण पनि मानिसहरू आफ्ना व्यक्तिगत सूचनाप्रति सचेत बन्न थालेका छन् । गोपनीयतामा सचेतना बढ्दै जाँदा गुगल सर्चको विकल्पमा प्राइभेस सर्च इन्जिन डकडकगोका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । अनलाइन सर्च हिस्ट्री ट्रयाक नगर्ने हुनाले डकडकगो पछिल्लो एकवर्ष मात्रै पाँच कराेड पटक डाउनलोड भएको छ । टिचपानाबाट