FLASH NEWS
  • Loading...

५ महिनापछि फ्रिजभित्र भेटियो युवतीको शव

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
५ महिनापछि फ्रिजभित्र भेटियो युवतीको शव

संसार बिचित्रको छ । यहाँ नयाँ नयाँ घटनाहरु घटेको देख्न र सुन्न पाइन्छ । यस्तै घटना भेनेजुएलामा घटेको छ । करिब ५ महिना पहिले बेपत्ता भएकी एक १९ वर्षकी युवतीको शव फ्रिज भित्र भेटिएको छ ।

१९ वर्षकी एना ग्याब्रिएला मेडिना ब्लाङ्कोको शव २९ जुलाइमा भेनेजुएलाको अरागुआ राज्यमा एउटा घरभित्र भेटिएको हो । निकै कम उमेरमा आमा बनिसकेकी यी युवतीको ४ वर्षका छोरा छन् ।

डेली मिररको एक रिपोर्टअनुसार एना हराएपछि सुरुवातमा उनका आफन्तहरु त्यति चिन्तित भएका थिएनन् किनकि उनी धेरैजसो फरक फरक सहरको यात्रा गरिरहन्थिन् र आफ्नो परिवारसँग पनि निकै छिटफुट रुपमा मात्र सम्पर्कमा रहन्थिन् ।

जाँचकर्ताले एनाको शवलाई फ्रिजरभित्र न*ग्न अवस्थामा भेटेका थिए । उनका हात बाँधिएका थिए र उनको टाउको खुट्टाहरुको बीचमा थियो । जाँचकर्ताहरुले पछि मात्र उनको शरीरमा च*क्कुका कैयौं घाउ भएको थाहा पाएका थिए ।

उनका पूर्वप्रेमीलाई एनाका छोराको पिता मानिएको छ । अधिकारीहरुका अनुसार ह*त्याका आरोपी उनका प्रेमीले केही समय एनाको देखावटी रुपमा खोजी गरेका थिए जसले गर्दा उनीमाथि शंका नहोस् ।