FLASH NEWS
  • Loading...

मुस्ताङमा डोजर कालीगण्डकीमा खस्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९७ पटक पढिएको
मुस्ताङमा डोजर कालीगण्डकीमा खस्यो
..
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी(जोमसोम सडकखण्डअन्तर्गत प्याकेज नं। ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार बिहान कालिगण्डकी नदीमा खसेको छ ।
कालिगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले निकाल्न सकिएको छैन। मुस्ताङको घरपझोङ—२ मार्फा सामग्री नजिकको सडकमा रिटेरिङ वालको लागि कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा बा २ क ३८८१ नम्बरको होन्डा स्काभेटर उपकरण अनियन्त्रित भई कालिगण्डकी नदीमा खसेको हो ।
कालिगण्डकीमा स्काभेटर खसेपनि स्काभेटर अपरेटर भने सुरक्षित रहेको जनाइएको छ ।