FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६२ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ नेपालगञ्जमा थप ६ जनामा कोभिड-१९ को संक्रमण देखिएको पुष्टि गरेको छ। आजै दिउँसो नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएकोमा नयाँ ६ सहित नेपालगञ्जमा आजमात्रै १५ जना नयाँ संक्रमित भेटिएका छन्। आजै पर्साको विरगञ्जमा एक जनामा कोभिड-१९ पुष्टि भएको थियो।
यसरी आज एकैदिन १६ जना नयाँ संक्रमित भेटिएका हुन्। यसअघि ५९ जना संक्रमित रहेकोमा आज १६ जना थपिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो।