FLASH NEWS
  • Loading...

पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११० पटक पढिएको
पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दै

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्ने भएको छ। क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा महाधिवेशन नहुने भएसँगै पौडेलपक्षले बोलाएको जिल्ला सभापतिको बैठक सोमबार दिउँसो बस्दै छ।

महाधिवेशन हुन नसकेको अवस्थामा सभापतिहरुको राय लिन भेला डाकिएको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए। भेलाले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति लिइने छ ।

त्यसैविच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेबरहादुर देउवा सर्वत्र असफल भएको आरोप लगाएका छन्।

सामाजिक संजाल फेसबुकमा आक्रोश पोख्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६महिना थपियो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काग्रेसलाई निर्वाचन आयोगसँग भीक माग्ने निरीह अवस्थामा पुर्याएको छ। यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लावरवाही के हुन्छ? यो देशकै बिडम्बना हो। सवत्र असफल भएका व्यक्ति बारम्बार नै सत्ता सम्हाल्न पुग्छन्।’

०७२ सालमा भएको १३ औं महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने अधिकारपनि प्रयोग गरिसकेर पनि राजनीतिक दलसम्बन्धी धारा २६९ को उपधारा ४ ९ख० को व्यवस्था अनुसार ६ महिना समय थप गरी भदौ भित्र अधिवेशन गर्नैै पर्ने संवैधानिक संकटमा कांग्रेस रहेको छ।

ताेकिएकाे समयमा महाधिवेशन नहुने भएपछि  कांग्रेसकाे  महाधिवेशन र वैधानिकताको विषयमा शिर्ष तहबाट निर्वाचन आयोगको पदाधिकारीहरुसँग छलफल भएको  थियाे।