FLASH NEWS
  • Loading...

अमेरिकी समेत पाँच देशका सेना सम्मिलित पर्वतीय युद्ध तालिम जोमसोममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
अमेरिकी समेत पाँच देशका सेना सम्मिलित पर्वतीय युद्ध तालिम जोमसोममा

नेपालसहित पाँच देशका सेना सम्मिलित पहाडी युद्धकला तालिम आजबाट नेपालमा सुरु भएको छ।

नेपाली सेनाका अनुसार सो तालिममा नेपाल,अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ८१ जना सैनिक सहभागी छन्।

वर्षेनी मुस्ताङको सदरमुकाम जोमसोमदेखी पूर्वी निलगिरी साउथ हिमालको फेदीमा रहेको कैस्याङ क्यम्पमा वर्षेनी अमेरिकी सेना समेत विदेशी सेना सम्मिलित हाईक्याम्प युद्ध तालिम हुने गर्छ ।

सेनाहरुलाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइ क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।तालिम नेपाली सेनाको जोमसोमस्थित उच्च शिखर शिक्षालयमा दिइएको छ। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ।

निलगिरी हिमाल फेदीको कैसाङग क्याम्पमा / उच्च शिखर शिक्षालयमा तालिम संञ्चालन हुने छ । यो तालिम स्थल ०३२ साल अघि तिब्बती खम्पा विद्रोहीले स्थापना गरेको सैनिक क्याम्प हो । यही स्थानमा खम्पा विद्रोह दमन गरेपछि नेपाली सेनाले हाईअल्टिच्युट तालिम स्थलको रुपमा स्थापना गरेको हो ।