FLASH NEWS
  • Loading...

मुस्ताङ्गमा १८ बर्षमाथीका सवैले पाए कोरोना विरुद्धको भ्याक्सिन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
मुस्ताङ्गमा १८ बर्षमाथीका सवैले पाए कोरोना विरुद्धको भ्याक्सिन

हिमालपारीको जिल्ला मुस्ताङका सवै १८ बर्ष माथीका वयस्क नागरिकलाई कोरोना विरुद्धको खोप लगाईएको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार मुस्ताङका १८ वर्ष माथीका ९ हजार ५ सय ३७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको हो । खोप पाएका मध्य ६ हजार ७ सय ४४ जनाले जोन्सन एण्ड जोन्सन, २ हजार ४ सय ७२ जानले कोभिशिल्ड र ३ सय २१ जनालाई भेरोशिल्ड खोपको पूर्ण डोज खोप लगाईएको हो ।
‘हामी सवै मुस्ताङ्गीले कोरोना भाईरस विरुद्धको खोप लगायौं । आफैले गाडी चलाएर स्वास्थ्यकर्मी राखेर विहानदेखी साँझसम्म गापा भित्रका सवै वस्ती पुगेर सवैलाई खोप लगाएका हौं’ लोघेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘कोरोना विरुद्धको पूर्ण खोप लगाएर ढुक्क भएपनि स्वास्थ्य सावधानी भने अपनाउन भने छोडेका छैनौं ।’


कोरोना विरुद्धको खोप पाएका मध्य २ सय ८० जना नेपाली सेनाका जवानलाई भेरोशिल्डको दोस्रो डोज र ७० जना कर्मचारीलाई कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी छ । आवश्यक खोप संचित भएपनि उनीहरुलाई दोस्रो डोज खोप लगाउने समयावधी बाँकी छ ।
‘कोरोना संक्रमित भए एक महिना नपुगेका वा जिल्ला बाहिर भएकोले खोप पाउन छुटेका एकाध बाहेक मुस्ताङ १८ बर्षमाथीका सवैले कोरोना विरुद्धको खोप पाउने जिल्ला बनेको छ’ स्वास्थ्य कार्यालय मुस्ताङ्गका प्रमुख टिका भण्डारीले भने, ‘आवश्यक खोपहरु जिल्लामा संञ्चित छ । कुनै कारणले खोप लगाउन छुटेका भए सवै जिल्लाबासी घर फर्केर कोरोना विरुद्धको खोप लगाउने अवसर नछुटाउनुस ।’