FLASH NEWS
  • Loading...

बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा गोरखाका युवकको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४५ पटक पढिएको
बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा गोरखाका युवकको मृत्यु

बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा ढुंगोमा चिप्लेर लड्दा बिहीबार दिउसो एक युवकको मृत्यु भएको छ ।

गोरखाको धार्चो गाउँपालिका २ केरौजाबेसी घर भई हाल बाग्लुङमा झोलुङे पुल बनाउने कामदार २६ वर्षीय बिरे गुरुङको आज दिउसो साढे १० बजेको समयमा मृत्यु भएको हो ।

बाग्लुङको निसिखोला गाउँपालिका ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने कामदार गुरुङको सोहि स्थानमा रहेको पानीको पाइप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई अन्दाजी ३५।४० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।