FLASH NEWS
  • Loading...

सन्दर्भः स्तनपान सप्ताह, कसरी गर्भावस्था देखिनै स्तनपान तयारी गर्ने ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१८ पटक पढिएको
सन्दर्भः स्तनपान सप्ताह, कसरी गर्भावस्था देखिनै स्तनपान तयारी गर्ने ?

बच्चा जन्मिसकेपछि बच्चाको पहिलो आहार अथवा बच्चाको अधिकार भनेको आमाको दूध हो ।

आमाको दूध राम्रोसँग आउनका लागि गर्भावस्थादेखि तयारी हुनुपर्छ । तयारी भन्दा खेरी शारीरिक तयारी, मानसिक तयारी,परिवारको साथ सहयोग अनि श्रीमानको साथ सहयोगको ठुलो आधार हुन्छ ।

दूध बन्ने आमाको स्तनमा हो । स्तनमा दूध बन्नका लागि हर्मोन भन्ने चिज हुन्छ । प्रोल्याक्टिन हर्मोन र अक्सिटोसिन हर्मोनको मुख्य भूमिका हुन्छ । यी दुई हर्मोनले दूध बनाउँछन् तर, दूध बनाउने तयारी गर्भावस्था देखिनै हुनुपर्छ ।

जब आफ्नो पेटमा बच्चा आएको थाहा हुन्छ । तब आमाले बच्चालाई आफ्नै मात्र दूध खुवाउँछु भन्ने कुरामा मानसिक रूपले तयार रहनुपर्छ ।

यो तयारीले प्राकृतिक र मानसिक रूपमा महिला आफ्नो दूध खुवाउनका लागि तयार बन्छिन् । त्यसले आमाको स्तनमा दूध बन्न उत्तेजकको भूमिका खेल्छ ।

दूध खुवाउनका लागि स्तनसङै मुन्टोको पनि तयारी गर्नुपर्छ । त्यो भनेको स्तनको मुन्टो बाहिर निस्केको हुनुपर्ने अवस्था हो ।

त्यसको लागि गर्भवती अवस्थाको आठ महिनापछि मुन्टोलाई ‘भ्यासलिन’ वा केही नरम चिज लगाई औँलाले मालिस गर्दै बाहिर निकाल्नुपर्छ ।

मुन्टोको वरपर केही फोहर छ भने सफा गर्नुपर्छ । कहिले काँहि त्यो फोहरले दूध आउने नली बन्द गरेको हुन्छ ।

त्यो नली बन्द नहोस् भनेर गर्भ रहेको आठ महिनापछि मुन्टो नरम पार्ने, सफा गर्ने र त्यहाँको फोहोरहरू बाहिर निकाल्ने गर्नुपर्छ ।

त्यसो गरेपछि बच्चा जन्मिसकेपछि राम्रोसँग मुन्टो चुस्ने हुन्छ र, राम्रोसँग दूध चुस्न सक्छ ।

यदि यो तयारी समयमै गरिएन भने स्तनको मुन्टोसम्म भएको ‘फ्ल्याट निप्पल’ वा मुन्टो भित्र पसेको हुन्छ । यस्तो अवस्थामा बच्चाले दूध चुस्न सक्दैन ।