FLASH NEWS
  • Loading...

उपल्लो मुस्ताङमा ‘जिग्मे मेमोरियल’ कप फुटवलको सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
उपल्लो मुस्ताङमा ‘जिग्मे मेमोरियल’ कप फुटवलको सुरु

उच्च हिमाली उपत्यका मुस्ताङको लोमन्थाङ क्षेत्रमा अहिले फुटवल तथा भलिवल खेल उत्सवको रौनक छाएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको डक्मर गाउँमा विहिवारदेखी ‘छ्योग्यल जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल खेल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका भित्रका १७ युवा क्लवहरु विच प्रतिस्पर्धा छ । विहिवार सम्पन्न आयोजक डक्मर युवा क्लव र ठिङ्गर युवा क्लव विचको उद्घाटन खेल गोलरहित वराबरीमा टुङ्गीएको छ । लिक कम नक आउट सिस्टममा भैरहेको छ ।
‘यस बर्षको डक्मर गाउँमा डक्मर युवा क्लवको आयोजनामा जिग्मे मेमोरियल’ कप फुटवल तथा भलिवल प्रतियोगिता सुरु भएको छ’ प्रतियोगिताका सहभागी ठिङ्गर युवा क्लवका खेलाडी डेन्डुक छिरिङ गुरुङले भने, ‘कोरनाको प्रभाव कम भएकोले वालुवाको पहाडमाथी सभ्य रुपमा विश्वको लोकप्रिय खेल फुटवल प्रतियोगिता भैरहेको छ । दर्शकको राम्रो उपस्थिती छ ।’
उपल्लो मुस्ताङमा भैरहेको ‘जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल खेल प्रतियोगिता विगत १५ बर्षदेखी उपल्लो मुस्ताङ्का घिलिङ, घमी, डिक्मार, चराङ, मराङ्, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउहरुमा पालैपालो आयोजना गरिँदै आएको छ ।
पछिल्लो दुई वर्षदेखी लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्यल जिग्मे मेमोरियल’ खेल प्रतियोगिता नामाकरण गरिएको हो । छायाँवृष्टी क्षेत्र उपल्लो मुस्ताङमा यतिवेला सुख्खा छ, खेलकुदकालागी उपयुक्त मौषम छ ।

तस्वीर सौजन्य : ढेन्डुक छिरिङ गुरुङ