FLASH NEWS
  • Loading...

बेनीका सडकमा सिसी क्यामेरा छन, तस्वीर खिच्दैनन्

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५८ पटक पढिएको
बेनीका सडकमा सिसी क्यामेरा छन, तस्वीर खिच्दैनन्

सदरमुकाम बेनीका बजार क्षेत्रका मुख्य र सुरक्षा संवेदनशिल मानिएका चोकमा जोडिएका सिसी क्यामेरा सडक तर्फ फर्केका छन । तर दुभाग्र्य सवै क्यामेराले तस्वीर वा भिडियो भने खिच्दैनन ।
गुणस्तरहीन क्यामेरा जडान गरिएकोले दुई बर्षको वारेन्टीसहित ०७५ सालको फागुन/चैतमा जोडिएका सिसी क्यामेरा ६ महिनादेखी नै चल्न छोडेका थिए । जडित सिसि क्यामेरामध्य धेरै सामान्य र नियमित मर्मत संभार नहुँदा पनि काम गर्न छोडेका हुन ।
‘सुरक्षा प्रवन्धलाई प्रभावकारी बनाउन र प्रहरीलाई अपराध नियन्त्रण गर्न सजिलो भएको थियो । अहिले प्राय: सवै सिसि क्यामेरा विग्रेका छन’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘सिसि क्यामेरा मर्मत गर्न प्रहरीसंग बजेट र दक्ष जनशक्ति दुवै छैन । फेरी पनि स्थानीय तहलाई नै गुहार्ने हो ।’
शहरीकरणसँगै बढ्दो अपराधलाई नियन्त्रण गर्न बेनी नगरपालिका, ७ र ८ वडाको बेनीका सुरक्षा संवेदनशिल २० स्थानमा सिसी टिभी क्यामेरा जडान गरिएको थियो । अहिले २० मध्य अहिले ४ वटा मात्र चलेका छन । बाँकी १६ वटा क्यामेरा देखाउने साधन मात्र भएका छन ।
म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका तथा बैंक तथा वित्तिय संस्थाको सहयोगमा बेनीका सडकमा जोडिएका सिसि क्यामेरा मर्मत गर्न गत वर्ष बेनी नगरपालिकाले १ लाख ५० हजार बजेट विनियोजन भएपनि प्रहरी र नगरपालिका विच कार्यान्वयनमा समन्वय नहुँदा काम हुन सकेन ।
‘सदरमुकाममा हुने अपराधिक घट्नापछि दोषीहरु भाग्ने वाटो तथा हुलियाको निगरानी गर्न र क्यामेराकै अगाडी अपराध गर्न मनौवैज्ञानिक त्रासले हुने भएकोले अपराधिक गतिविधी न्यून विश्वास हो तर सुरक्षा संवेदनशिल क्षेत्रकै क्यामेरा विग्रेका छन’ जिल्ला प्रहरी कन्ट्रोल रुमका एक प्रहरीले भने, ‘काम गर्ने अवस्थाका क्यामेराले खिचेका तस्वीर र भिडियोहरु पनि विधुत नभएको बेला हेर्न सकिन्न ।’
बेनीलाई सिसी क्यामेराको निगरानीमा राख्न साविक जिविसले दुई लाख, नगरपालिकाको निजी साझेदारी कार्यक्रमबाट चार लाख र बाँकी उवासंघको अगुवाईमा रकम जोहो गरिएको हो । ६ कोर र ४ कोर क्षमताका ५ किलोमिटर अप्टीकल फाईवर विच्छाई २० वटा सिसी क्यामेरा जडान गर्न १३ लाख ५० हजार खर्च भएको थियो ।
सिसी क्यामेरालाई विधुत उपलब्ध गराई निरन्तरताकालागी संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको ६५ प्रतिशत, बेनी नगरपालिकाको २० प्रतिशत र जनसहभागिताको १५ प्रतिशत लागतमा सडक सौर्यवत्ति जोडिएका हुन । यी सडक सौय वत्ति पनि अहिले बल्न छोडेका छन ।