FLASH NEWS
  • Loading...

कृषी ज्ञान केन्द्रले गऱ्यो खर्च सार्वजनिक

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७० पटक पढिएको
कृषी ज्ञान केन्द्रले गऱ्यो खर्च सार्वजनिक

कृषी ज्ञान केन्द्र म्याग्दीले आव ०७७/०७८ मा सम्पन्न भएका कार्यक्रम र खर्च विवरण सार्वजनिक गरेको छ ।
केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार आव ०७७/०७८ मा प्रदेश तर्फबाट प्राप्त ५ करोड १६ लाख ९३ हजार बजेटमध्य ४ करोड १५ लाख ३३ हजार (करिव ८४ प्रतिशत) खर्च भएको छ । त्यसैगरी केन्द्रले संघीय सरकारबाट प्राप्त २ करोड ३४ लाख २९ हजारमध्य १ करोड ७१ लाख ७५ हजार रुपैयाँ (७६ प्रतिशत) मात्र खर्च भएको जनाएको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार कृषी ज्ञान केन्द्रले कार्यालयको कम्पाण्ड निर्माण, तालिम भवन सुधार, गाडी खरिद, फर्निचर खरिद, कार्यालय तथा आवास भवन मर्मत, डेक्कटप तथा प्रिन्टर खरिदमा मात्र एक करोड ६० लाख खर्च गरेको छ ।
त्यसैगरी ब्यवसायीक फलफुल खेतीकालागी विरुवा वितरण, ग्रामीण क्षेत्रमा करेसावारी तथा वगैचा स्थापना, घर घरमा प्राङ्गारिक मल उत्पादन, कृषी यान्त्रीकरण अनुदान, बाँझो जग्गामा ब्यवसायीक खेती विस्तार, आकस्मीक बाली संरक्षण, साना ब्यवसायीक कृषी फार्म स्थापना, समुह वा सहकारी तथा एकल मार्फत प्रारङ्गारिक खेती, प्लास्टिक घर विस्तार, कृषी खेती प्रर्दशन, रैथाने वाली प्रर्वद्धन, लोपोन्मुख जातको वीउ संरक्षण, रैथाने वाली उत्पादन तथा वजारीकरण, मुख्यमन्त्री वातावरण मैत्री कृषी समेतका कार्यक्रम गर्न ४ करोड ७० लाख खर्च भएको जनाएको छ ।