FLASH NEWS
  • Loading...

खोप माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३ पटक पढिएको
Post Thumbnail

निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले कोरोना भाईरस विरुद्धको खोप माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
‘अर्थतन्त्रको मेरुदण्ड रहेका उद्योगी ब्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप ब्यवस्था गर्न’ माग गर्दै संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ, ‘ब्यवसायी पहिला आफु सुरक्षित रहे मात्र उद्योग ब्यवसाय गरी अर्थोपार्जन, रोजगारी सृजना गर्न सकिन्छ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित