FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाद्धारा सुन्तला तथा कागतीका वेर्ना वितरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१५ पटक पढिएको
बेनी नगरपालिकाद्धारा सुन्तला तथा कागतीका वेर्ना वितरण

बेनी नगरपालिकाले वडा कार्यालय मार्फत संकलन भएको मागको आधारमा कृषकलाई सुन्तला तथा कागतीका बेर्ना वितरण गरेको छ ।
बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले शुक्रवारसुन्तला तथा कागतीका वेर्ना कृषकलाई हस्तान्त्रण गरेका हुन । ‘नगरपालिकाले दिएका यती सुन्तला र कागतीका वेर्ना रोपेर ब्यवसायी नभैएला तर सुरुआत गर्न सकिन्छ ।

नगरपालिकालाई सुन्तला/कागतीमा आत्मनिर्भर बनाऔं’ मेयर श्रेष्ठले भने, ‘रोपेको हो, सवै मरे नभन्नु होला । उत्पादन भए आम्दानी तपाईलाई नाम नगरपालिकाको हुने हो ।’


नगरपालिकाका सवै १० वटै वडामा सुन्तला तथा कागती खेती गर्न चाहने कृषकलाई ब्यक्तिगत रुपमा कम्तीमा २० वटाका दरले सुन्तला/कागतीका बेर्ना वितरण गरिएको हो । नगरपालिकाले बेनी नगरपालिका, ९ काउलेगौडाको रामकृष्ण कृषी नर्सरीबाट कागतीका प्रति वेर्ना २४ रुपैयाँ र सुन्तलाका प्रति वेर्ना १५ रुपैयाँमा ११/११ हजार वेर्ना खरिद गरी वितरण गरेको हो ।

समुह र निजी कम्पनीहरुलाई २ हजासम्म विरुवा उपलब्ध गराईएको बेनी नगरपालिका कृषी शाखाकी प्राविधिक सहायक संगीता थापाले बताईन । प्रास थापाले भनिन, ‘वितरित सुन्तला जातका वेर्ना पनि नगरक्षेत्रकै कृषकको नर्सरीमा उत्पादित हुन ।’