FLASH NEWS
  • Loading...

मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८२ पटक पढिएको
मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

दुर्गम धवलागिरी गाउँपालिका, ४ मुदीमा शनिवारदेखी केन्द्रीय विधुतिकरण पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरणका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका दुई घरमा विद्युतिकरण भएको छ । केन्द्रीय विद्युत लाइन वितरणका लागि मुदी र खाम्लामा एक÷एक सय केभिए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ ।

‘मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले बि.सं.२०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई वटा ट्रान्सफर्मर ढुवानी गरिएको थियो तर विविध कारणले वल्न अहिलेदेखी केन्द्रीय विधुत पुऱ्याउन सकेका छौं’ स्थानीय अगुवा विजय घर्तीले भने, ‘मुदीमा केन्द्रीय विधुतिकरण गर्न स्थानीयले लाखौं खर्चेका छन । सयौं जनाको जनश्रम परेको छ । विधुत प्राधिकरणको एक्लो लगान होईन, प्रदेश र संघिय सरकारको बजेट पनि खर्च भएको छ । गाउँपालिकाले पनि खर्च गरेको छ ।’

धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनका अनसुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन,लघुजलविद्युत र सौर्य उर्जा मध्य एक माध्यमबाट विद्युत सुबिधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुन मगरको भनाई छ ।

उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिबार मुदीको धलडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत विस्तार गरिएको छ ।

कात्तिक २०७६ मा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकण गरिएको छ ।

सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरिदका लागि बुल सम्म ३० लाख रुपैयाँ ,वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा ,मल्कबाङ र मराङमा लघुजलविद्युत परियोजनाबाट विद्युतीकरण गरिएको छ ।