FLASH NEWS
  • Loading...

१८ कम्पनीको ५ अर्ब ७१ करोड बढीको आइपीओ निष्काशन हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
१८ कम्पनीको ५ अर्ब ७१ करोड बढीको आइपीओ निष्काशन हुँदै

शेयर बजारमा पुराना लगानीकर्ताहरुको सुजबुझकासाथ भईरहेको निरन्तरता र नयाँ लगानीकर्ताहरुको आकर्षण कायम भईरहेको सन्दर्भमा सर्वसाधारणका लागि प्रारम्भिक शेयर निष्काशन गर्न कम्पनीहरु अग्रसर भईरहेका छन् ।

कम्पनीहरु केहिले आइपीओ निष्काशन गरिसकेका छन् भने केहि निष्काशनको तयारी र प्रक्रियामा रहेका छन् । यस्तैमा नेपाल धितोपत्र बोर्डले १८ वटा कम्पनीहरु आईपीओ निष्काशनको लागि पाईप लाईनमा रहेकाे जनाएको छ । उनीहरुले ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आइपीओ निष्काशन गर्न लागेका छन् । जस्ले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको उक्त परिमाणको आइपीओ निष्काशन तथा बिक्रीका लागि आवेदन दिईसकेका छन् । कम्पनी सबैले रुपैयाँ १०० मूल्य दरमा शेयर निष्काशन गर्न लागेका हुन ।

 

कोरोना भाइरसको संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनको कारण सिथिल भएको शेयर निष्काशनको प्रक्रिया लकडाउलाई खुकुलो बनाउन शुरु गर्न थालेपछि फेरि जुर्मुराउन थालेकाे देखिन्छ।

आइपीओ ल्याउनका लागि कम्पनीहरु ०७४ सालदेखि नै पाइपलाईनमा रहेका छन् । २०७४ सालमा मैलुङ खोला जल विद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएकाे थियाे ।

विन्दवासिनी हाइड्रोपावर विकास कम्पनीले २०७६ साल माघ १ मा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको थियो । २०७६ साल कार्तिक २७ मा हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ ।

आगामी दिनमा आइपीओ निष्काशनको तयारीमा रहेका १८ कम्पनीहरुमा साहज उर्जा लिमिटेड, सयपत्री हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मनास्लु लघुवित्त वित्तीय संस्था, अप्पर खेवाखोला हाइड्रोपावर, यूयिन लाइफ इन्स्याोरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, डीस मिडिया नेटवर्क रहेकाे छ ।

यस्तै ग्रीन भेन्चर लिमिटेड, मैलुङ खोला जल विद्युत कम्पनी, न्यादी हाइड्रोपावर लिमिटेड, विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, बलेफि हाइड्रोपावर लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् ।