FLASH NEWS
  • Loading...

बागलुङले उछिन्यो काठमाडौंलाई, आज २२५ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७१ पटक पढिएको
बागलुङले उछिन्यो काठमाडौंलाई, आज २२५ जना संक्रमित थपिए

आज राजधानी काठमाडौंमा भन्दा बढी कोरोना संक्रमितको संख्या बागलुङमा थपिएको छ। पछिल्ला केही महिना सधैं सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमा थपिँदै आएका थिए।

तर आज भने थपिने नयाँ कोरोना संक्रमितको संख्यामा काठमाडौंलाई बागलुङले उछिनेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं २०१ जना नयाँ संक्रमित थपिएका छन् भने बागलुङमा आज २२५ जना संक्रमित थपिएका छन्।