FLASH NEWS
  • Loading...

मोना कतारको म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४३ पटक पढिएको
मोना कतारको म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग

कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग छ । म्याग्दीमा कोभिड–१९ को दोस्रो भेरियन्ट तीव्र रूपमा फैलिएसँगै सङ्क्रमितको उपचारमा सघाउन मोना कतारले जुटाएको सहयोगमार्फत ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर पठाइएको हो ।

स्थानीय तहले प्रवासी म्याग्देलीसँग निरन्तर सहयोग र सहकार्य गरिरहेको बताउँदै मोना कतारले उपलब्ध गराएको सहयोगलाई आवश्यक पर्ने स्वास्थ्य चौकीमा पठाउने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी सहित मङ्गला, मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधि, मोना कतारका पूर्व सह कोषाध्यक्ष महेन्द्र बोहरा लगायतको उपस्थिति रहेको थियो । म्याग्दी जिल्लामा कोरोनाका संक्रमतिको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि प्रवासमा सबैभन्दा पहिलो सहयोग अभियान मोना कतारले सञ्चालन गरेको थियो ।