FLASH NEWS
  • Loading...

चीनले जी–सेभेनलाई चेतावनी– मुठ्ठीभर राष्ट्रले संसारको फैसला गर्ने दिन अब गए

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९४ पटक पढिएको
चीनले जी–सेभेनलाई चेतावनी– मुठ्ठीभर राष्ट्रले संसारको फैसला गर्ने दिन अब गए

लण्डनमा जी–सेभेनको बैठक चलिरहँदा चीनले चेतावनी दिँदै भनेको छ– “ती दिन गए, जब मुठ्ठीभर राष्ट्रले संसारका राष्ट्रहरुको फैसला गर्थे।” बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने, “हामीले सधैं यसमा विश्वमा गरेका छौं–देश ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी सबै बराबर छन्।”

जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान रहेका छन्।

चीनको महत्वाकांक्षी र प्रभावकारी कार्यक्रम बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरई)को विकल्पमा जी–७ ले ठूलो इन्फ्रास्ट्रक्चर योजना ल्याउने भएको छ। यसले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ठूलो झट्का लाग्ने अनुमान गरिएको छ।