FLASH NEWS
  • Loading...

सर्वोच्चको आदेश विरुद्ध नेकपा एमाले ‘भ्याकेट’मा जाने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८२ पटक पढिएको
सर्वोच्चको आदेश विरुद्ध नेकपा एमाले ‘भ्याकेट’मा जाने

सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले ‘भ्याकेट’ जाने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने आदेश सच्चाउन माग गर्दै भ्याकेटमा जाने तयारीमा रहेको एमालेका नेता सुवास नेम्वाङले बताए ।

दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएको थियो । एमाले नेता सुवास नेम्वाङले कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि ‘भ्याकेट’ मा जानेबताए । ‘हामी प्रकृयालाई मान्छौं। हिजो कर्णालीबारेको आदेशमा सबै हिसाबले केही प्रश्नहरु छन्, त्यसलाई लिएर हामी प्रकृया बमोजिम अघि बढ्छौं,’ नेम्वाङले भने, ‘हाम्रो तर्फबाट भ्याकेटमा जान्छौं।’

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको थियो ।