FLASH NEWS
  • Loading...

वयस्क मोडल बनिन् सांसद पदको उम्मेदवार

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३१२ पटक पढिएको
वयस्क मोडल बनिन् सांसद पदको उम्मेदवार

मेक्सिकोमा हुन लागेको संसदीय निर्वाचनमा एक जना मोडल उम्मेदवार भएपछि यहाँ निकै रोचक दृश्य देखिएको छ । वयस्कहरुको लागि मात्र बनाइएको ओन्लीफ्यान्सकी मोडल यहाँ सांसद पदको लागि चुनाब लडिरहेकी छिन् र उनको चुनाब प्रचारप्रसारमा सबै हद पार भएको छ । यी मोडलले चुनाब प्रचारको लागि आफ्नो नग्न फोटो समेत पोस्ट गरेकी छिन् । चुनाब प्रचारप्रसारका क्रममा उनले धेरै हद पार गरेकी छिन् र कैयौं अनौठा प्रतिबद्धता पनि गरेकी छिन् ।

मोडलबाट नेता बनेकी रोसियो पिनो ओन्लीफ्यान्समा निकै लोकप्रिय छिन् र उनका करिब ६० हजार फलोअर छन् । डेलीस्टारका अनुसार रोसियो सेन्टर लेफ्ट प्रोग्रेसिभ सोसल नेटवर्क पार्टीको तर्फबाट उम्मेदवार भएकी हुन् । २०१९ मा एक गैर सरकारी संस्थाको रुपमा स्थापना भएको यो संस्था पछि २०२० मा राजनैतिक पार्टीमा परिणत भएको हो । ४ दिनपछि ६ जूनमा मेक्सिकोमा संसदीय निर्वाचनको लागि मतदान हुँदैछ ।

सोनोरा क्षेत्रबाट उम्मेदवार भएकी रोसियोले सबैभन्दा धेरै चर्चा त्यतिबेला पाइन् जब उनी चुनाब प्रचारको लागि बनाइएको पोस्टरमा पवूर्ण रुपमा नग्न देखिइन् । यो पोस्टरले उनलाई एकैपटक विवाद र चर्चामा ल्याइदियो । रोसियोले आफूले यो चुनाबी अभियानबाट सस्तो लोकप्रियता कमाउन नचाहेको बरु समाजमा खासगरी महिलाहरुको उत्थान र रशक्तिकरणको लागि काम गर्न चाहेको बताएकी छिन् । यही कारण आफू मोडलबाट नेता बनेको उनले बताइन् ।

रोसियोले आफ्नो वेबसाइटमा लेखेअनुसार उनले २०१७ मा चियापसमा आएको भूकम्पको क्रममा स्वयंसेवक भएर काम गरेकी थिइन् र मानिसहरुलाई सहयोग गर्ने कोसिस गरेकी थिइन् । यही अनुभवपछि आफू परिवर्तन भएको र राजनीतिमा आएको उनले बताएकी छिन् । रोसियोको सबैभन्दा महत्वपूर्ण चुनाबी प्रतिबद्धता सबै महिलाहरुलाई आफ्नो स्तन सुन्दर बनाउनको लागि निःशुल्क स्तनको सर्जरी सुविधा दिने हो । यद्यपि उनले यसको लागि स्तनको क्यान्सरका कारण शल्यक्रिया गरेर स्तन हटाउनु परेका महिलालाई प्राथमिकता दिने बताएकी छिन् ।

उनको चुनावी अभियानको नारा नै स्तनमा आधारित छ । राम्रो स्तन भएका महिला सशक्त महिला भएको उनले दावी गरेकी छिन् । रोसियो ट्वीटरमा पनि निकै लोकप्रिय छिन् । उनका २ लाख ६३ हजार फलोअर छन् । उनले हालै ट्वीट गर्दै लेखेकी छिन् ‘अहिले हामीलाई यस्ता नेताको आवश्यकता छैन जो आफ्नो काम गर्ने तरिकामा म्याद गुज्रिएका र परम्परागत छन्, भ्रष्ट छन् र पुरुषवादी सोचका पक्षधर छन् ।’ रोसियो बालिकाहरुमाथि हुने शोषणविरुद्ध जागरुकता अभियान चलाउन चाहन्छिन् ताकि आफ्नो क्षेत्रमा बालिकाहरु गुड टच र ब्याड टचका विषयमा सचेत बनुन् । उनी महिलाहरुलाई साइबर क्राइमबाट बचाउनको लागि पनि काम गर्न चाहन्छिन् ।