FLASH NEWS
  • Loading...

चीनमा फेरि कोरोना संक्रमण बढ्यो, बेलायतमा तेस्रो लहर आउने चेतावनी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५० पटक पढिएको
चीनमा फेरि कोरोना संक्रमण बढ्यो, बेलायतमा तेस्रो लहर आउने चेतावनी

उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भारइसको संक्रमण फेरि बढेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ३० मेमा चिनियाँ सहर ग्वान्झोमा एकैदिन संक्रमणका १८ नयाँ केस पुष्टि भएका छन्।

संक्रमण बढेपछि अधिकारीहरुले ग्वान्झोमा हवाई उडानहरुमाथि प्रतिबन्ध लगाइको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले ३० मेमा रिपोर्ट भउका २० केस मध्ये १८ केस ग्वान्झोका भएको बताएका छन्।

कोरोना भाइरसको संक्रमण चीनकै वुहान सहरबाट शुरु भएको थियो। तर विश्वमा कोरोनाले तहसनहस पार्दा रहस्यमयी ढंगले चीनमा भने कोरोना नियन्त्रणमा आएको थियो।

उता बेलायतमा कोरोना भाइरसको तेस्रो लहर आउने चेतावानी दिइएको छ। बीबीसीका अनुसार एक बेलायती वैज्ञानिकले तेस्रो लहरका संकेतहरु देखा परेको भन्दै चेतावनी दिएका छन्। तर हाल बेलायतमा संक्रमण निकै घटेको छ। तर भारतीय भेरियन्टका कारण तेस्रो लहर आउने चेतावनी दिइएको छ। – एजेन्सी