FLASH NEWS
  • Loading...

सामाजिक सञ्जालमा भाइरल युवतीको जिम्न्यास्टिक भिडियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
सामाजिक सञ्जालमा भाइरल युवतीको जिम्न्यास्टिक भिडियो

मानिस हरू आफ्ना दैनिक क्रियाकलाप हरू सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्नेहरूका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याटफर्म बनेको छ ।

कसैले टिकटक, कसैले फेसबुक त कसैले युट्युब मार्फत आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पुरुषहरूले मात्र त्यस्तो साहसिलो र पावर फूल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई भाँच्दै उनले साँच्चीकै गतिलो उदाहरण दिएकी छिन् । उनको उक्त भिडियो ८ करोड ३३ लाख बढीले हेरेका छन् ।

मात्र १० सेकेन्ड रहेको उक्त भिडियो मार्च २३ मा अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालरी नामको युट्युबमा अपलोड गरिएको सो भिडियोमा १४ लाख बढी लाईक र २ हजार बढी कमेन्ट रहेका छन् । त्यस्तै ९० हजार भन्दा बढीले उक्त भिडियोमा डिसलाइक गरेका छन् ।