FLASH NEWS
  • Loading...

मध्यराति राष्ट्रपतिबाट कात्तिक २६ र मंसीर ३ गते दुईचरणमा निर्वाचन घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९१ पटक पढिएको
मध्यराति राष्ट्रपतिबाट कात्तिक २६ र मंसीर ३ गते दुईचरणमा निर्वाचन घोषणा

 मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् ।

एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते  गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार, बहुमत सिद्ध गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि आह्वान भएकोमा प्रधानमन्त्री ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफूलाई प्रधानमन्त्री बनाइयोस् भनी दावी पेश गरेका थिए ।
राष्ट्रपति भण्डारीले दुबैको दावीलाई मध्यराति नै खारेज गरेको विज्ञप्ति जारी गरेकी थिइन् । दुबै नेतालाई प्रधानमन्त्री बनाइयोस् भनी केही सांसदहरुले दुबैतिर हस्ताक्षर गरेको कुरा यसअघि विवादमा ल्याइएको थियो । राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर प्रमाणीकरण गरी वास्तविक हस्ताक्षर कुन नेताका लागि गरेको हो भन्ने बुझ्न सक्ने सम्भावना हुंदा हुंदै त्यसो नगरी दुबैको दावी खारेज गरिएको थियो ।