FLASH NEWS
  • Loading...

१४९ सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु शीतल निवासमा, प्रधानमन्त्रीमा ओलीको पनि दाबी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०७ पटक पढिएको
१४९ सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु शीतल निवासमा, प्रधानमन्त्रीमा ओलीको पनि दाबी

विपक्षी दलहरुले सरकार बनाउनका लागि राष्ट्रपति समक्ष दावी गर्ने भएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलहरु काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको बैठकले सरकार बनाउने दावी पेश गर्ने निर्णय गरेको हो।

बैठकपछि काँग्रेस नेता गगन थापाले सरकार बनाउन दावी गर्ने निर्णय भएको जानकारी दिए। काँग्रेसको ६१, माओवादीको ४९, माधव समूहको २७ र जसपाको १२ जना गरी १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु राष्ट्रपति निवास शीतल निवास पुगेका हुन्।

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।