FLASH NEWS
  • Loading...

राष्ट्रिय सभा उपनिर्वाचन: खिमलाल देवकोटा विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९५ पटक पढिएको
राष्ट्रिय सभा उपनिर्वाचन: खिमलाल देवकोटा विजयी

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।

 देवकोटाको चुनाव चिह्न कलम थियो। उनले मतभार ५०८८ प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा ‘बादल’ले ४,०१४ मतभार प्राप्त गरेका थिए।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेपछि रामबहादुर थापालाई माओवादी केन्द्रले गरेको कारबाहीका कारण उनले सांसद पद गुमाउन पुगेका थिए। सोही पदका लागि पुनः निर्वाचन हुँदा नेकपा एमालेका तर्फबाट थापा उम्मेदवार बनेका थिए।