FLASH NEWS
  • Loading...

लकडाउन : काम गर्नेलाई अवसर, कामचोर ठेकदारलाई बाहाना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २११ पटक पढिएको
लकडाउन : काम गर्नेलाई अवसर, कामचोर ठेकदारलाई बाहाना

कोरोना भाईरस संक्रमण नियन्त्रण (चेन ब्रेक) गर्न जारी लक डाउन (घरवन्दी)मा पनि निर्माण क्षेत्र पूर्ण खुल्ला छ ।
ट्राफिक ब्यवस्थापन गर्नु पर्दा सडक निर्माण खासगरी स्तरोन्नति गर्ने काममा ब्यवधान आउँछ । कामले गति लिन नसक्दा समयमै सम्पन्न हुन सक्दैन । लकडाउन ट्राफिक चाप भएका ब्यस्त सडकमा काम गतिलो अवसर हो ।
जिल्लामा बेनी–जोमसोम–कोरला (७६ किमी) सडक खण्ड, बेनी–बाबियाचौर–दरवाङ्ग २४ किमी सडक खण्ड, पोखरे–चित्रे सडक १८.५ किमी सडक खण्ड, गलेश्वर–भगवती ८ किमी सडक खण्ड, बेनी–बाग्लुङ १७ किमी सडक खण्डसमेत दर्जन सडकमा स्तरनोन्त (कालोपत्रे तह) गर्ने काम भैरहेको छ । तर यहाँका सडक आयोजनाको काम लक डाउनमा झन सुस्त छन ।
‘चालु अवस्थाका सडकमा काम गर्नेकालागी लकडाउन अवसर हो । कामचोर निर्माण ब्यवसायीलाई लकडाउन बहाना भएको छ’ पूर्वाधार कार्यालयका इन्जिनियर सन्तोष अर्यालले भने, ‘टाढाको होईन यहीं बेनीको हाँडेभीर र बेनी–दरवाङ्ग सडककै हालत खराव छ । पहिला गाडी चल्दा गाडीले गर्दा काम गर्न पाईएन भन्थे अहिले लकडाउन छ, छिटो काम गर, गर भन्यो, ठेकदारले सन्दै सुन्दैनन । वहाना मात्र बनाउँछन ।’
इन्जिनियर अर्यालका अनुसार निर्माण ब्यवायीले लकडाउनले ग्याभिन जाली, सिमिन्ट जस्ता निर्माण सामाग्री ल्याउन नपाईएको भन्दै पन्छने गरेका छन । पूर्वाधार कार्यालय अन्र्तगत माटो काट्ने, ग्रेड मिलाउने काममा कार्यस्थलमा एक–दुई वटा मेसिन देखिएपनि वैशाख पहिलो हप्ताबाट सुरु गर्ने भनिएको बेनी–दरवाङ सडकको जिरो किमी खण्डमा अझै काम सुरु भएको छैन ।
निर्माण म्याद गुज्रेका संघ र प्रदेश र साझेदारीका ठूला र महत्वपूर्ण योजना वर्षौदेखी एकाध मजदुर काममा राखेर ठेक्का होल्ड गरिरहेका छन । दुई वर्ष अघि नै निर्माण सम्पन्न भैसक्नु पर्ने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक स्तरोन्तिको कामले लकडाउनमा पनि गति लिन सकेको छैन ।
‘म्याग्दीको आयोजना ब्यवस्थापन निर्माणबाट पीडित छ । संरक्षित हुँदा हाम्रो निर्देशनले काम नै गर्दैन’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘बेनी अस्पताल दुई बर्ष अघि नै सम्पन्न भै हस्तान्त्रण हुनु पथ्र्यो तर अझै अलपत्र छ । कोरोना महामारीको यो महाँसकटमा अस्पतालले विरामी राख्ने ठाउँ नपाएपछि आफैले भुई सफा गरी विरामी राख्नु परेको छ ।’
त्यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८.५ किमी सडकमा सव वेस/वेस र कालोपत्रे सडक स्तरमा बृद्धी गर्ने कामले पनि गति लिन सकेको छैन । लकडाउनले सडकमा ट्रफिक लोड कम भएको बेला धमाधम काम गर्नु पर्नेमा यहाँको सडकका ठेकेदार र प्राविधिक नै कार्यास्थल छोडेर फर्केका छन ।
सडक क्षेत्रका निर्माणले गति लिन नसकेपनि जलविधुत क्षेत्रमा भने धमाधम काम भैरहेको छ । आयोजनाले मजदुरलाई छुट्टै क्याम्प बनाई राखेकोले निर्माण काममा सहज भएको हो ।