FLASH NEWS
  • Loading...

मुस्ताङ्गमा पनि कोरोना फैलिदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८७ पटक पढिएको
मुस्ताङ्गमा पनि कोरोना फैलिदै

हिमालपारीको मुस्ताङमा पनि कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङकी कोभिड फोकल पर्सन सुभद्रा दुलालका अनुसार घरपझोङ्ग गाउँपालिकामा ४१, थासाङ् गापामा २० र वाह्गाउँ मुक्तिक्षेत्र गापामा २६ जनासमेत मुस्ताङमा ८७ जना सक्रिय संक्रमित रहेका छन ।
सक्रमितमध्य ५ जनाको जोमसोम स्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ८ जनालाई थप उपचारकालागी रिफरगरी हेलिकोप्टरबाट पोखरा पुऱ्याईएको छ । बाँकी संक्रमित होमआईसोलेनमा रहेको कोभिड फोकल पर्सन दुलालले बताई । मुस्ताङ्गमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मुस्ताङ्गमा एउटा मात्र कोभिड अस्पतालमा ८ बेड क्षमताको आईसोलेसन रहेको छ । सवै वेडसम्म प्लान्टबाट अक्सिजन पाईप पुऱ्याईएको छ । कोभिड अस्पतालका डाक्टर केविन पौडेलका अनुसार अस्पतालमा प्लान्टबाट पाईप लाईन कोभिड उपचार कक्षका सवै वेड तथा जनरल वेडसम्म जोडिएको भएपनि अक्सिजन आपुर्ती भने विधुत नियमिततामा निर्भर रहन्छ । विधुत आए चल्छ, नआए सिलिण्डर वा कन्सटेटर जोड्नु पर्छ ।
डा.पौडेलका अनुसार अस्पतालमा हाल १८ वटा ठूला अक्सिजन सिलिण्डर र कन्सल्टेटर मेशिनलाई वैकल्पिक प्रयोगकालागी स्टक राखिएको छ ।