FLASH NEWS
  • Loading...

मिस्त्रीखोलाले परिक्षण उत्पादन थाल्यो, नासियो धौलागिरीको विधुत इतिहाँस

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९५ पटक पढिएको
मिस्त्रीखोलाले परिक्षण उत्पादन थाल्यो, नासियो धौलागिरीको विधुत इतिहाँस

४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट विधुत उत्पादन सुरु भएसँगै साविक धौलागिरी अञ्चलका म्याग्दी, पर्वत, मुस्ताङ र बाग्लुङका वस्तीमा पहिलो पटक उज्यालो पुऱ्याएको क्षेत्रकै पहिलो २ मेगावाटको तातोपानी सानो जलविधुत आयोजनाको इतिहाँस अन्त्य भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गको मिस्त्रीखोलामा प्राधिकरणले मुहानभन्दा माथी ड्याम बनाई खोलाको सवै पानी लागी टनेलमा लगेपछि ०४६ मा निर्मित विधुत प्राधिकरण स्वामित्वको तातोपानी साना जलविधुत आयोजनाको एतिहाँसिक विरासत अन्त्य भएको हो ।
मिस्त्रीखोलाले जलविधुत आयोजनाले हाल जडित क्षमता बराबरको मुल्य तिर्ने गरी घराप स्थित तातोपानी साना जलविधुत आयोजना खरिद गर्ने पूर्व सर्त रहेको छ । तातोपानी साना जलविधुत आयोजना हिउँदमा बन्द रहने र बर्खा चालु गर्ने गरी हाल उत्पादन वन्द गरिएको मिस्त्रीखोला जलविधुत आयोजनलो जनाएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित मिस्त्रीखोलामा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाबाट विहिवार साँझदेखी विधुत उत्पादन सुरु भएको छ । नेपाल विधुत प्राधिकरणका प्राविधिकको निगरानीमा मिस्त्रीखोला जलविधुत आयोजनाबाट परिक्षण उत्पादन थालिएको हो ।
आयोजनाबाट उत्पादित विधुत अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित कालीगण्डकी करिडोर २२० केभिए प्रशासरण लाईनको सवस्टेसनमा जोडिएको छ ।
विधुत केन्द्रीय ग्रीडमा जोड्न आयोजनाले नारच्याङवेशी–दाना ४ किमी लामो २ सय ३२ केभिए डवल सर्किट ट्रान्समिसन लाईन निर्माण गरिएको छ ।