FLASH NEWS
  • Loading...

अमेरिकाले दियो साढे ३६ करोडको स्वास्थ्य सामाग्री

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०७ पटक पढिएको
अमेरिकाले दियो साढे ३६ करोडको स्वास्थ्य सामाग्री

अमेरिकाको रक्षा विभागले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख अमेरिकी डलर (करिव ३६ करोड ४८ लाख रुपैयाँ) को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। अमेरिकाले अक्सिजनसम्बन्धी उपकरणहरु, पीपीई लगायतका सामाग्री उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकी सिनेटको विदेश मामिला सम्बन्धी समितिको बैठकमा बुधबार नेपालले भोगिरहेको कारोना महामारीका विषयमा छलफल भएको थियो।

अमेरिकी सिनेटको तर्फबाट सिनेट कमिटी अन फरेन रिलेसन्सलृे कोभिड –१९ पीडित देशहरुलाई सहयोग गर्न बनाएको युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर (लगभग नेपाली रुपैया एक अर्ब २० करोड) छुट्याइएको बताए।

उनले नेपाललार्य भ्याक्सिन सहयोग पठाउने पनि सिनेट समक्ष बताएका छन्। उनले यो रकम कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जानकारी पनि सांसदहरुलाई दिएका थिए ।

तीनजना अमेरिकी सिनेटरहरुले नेपालबारे प्रत्यक्ष प्रश्नहरु उठाएका थिए र नेपाललाई सहयोग गर्नेबारे अमेरिकाले के गर्दै छ भनेर सोधेका थिए । सिनेटर मर्फी र सिनेटर साहेनले नेपाललाई कस्तो प्राथमिकतामा राखिएको छ भनेर सोधेका थिए।

उनीहरुको प्रश्नको जवाफमा कार्यकारी निर्देशक जेरेमीले अमेरिकाले नेपाललाई सहयोगको प्राथमिकतामा राखेको जानकारी दिए भने सिनेटर भ्यान हाउलान्को नेपाललाई खोपलगायतका अत्याबश्यक सामग्री सहयता दिनेबारेको प्रश्नमा विदेश मन्त्रालयकी गेल स्मिथले यसबारे चाँडै निर्णय गरिने बताएकी थिइन्।  – एजेन्सी