FLASH NEWS
  • Loading...

मंगलग्रहभित्र पनि हेलिकाेप्टर उडान सफल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४३ पटक पढिएको
Post Thumbnail

विश्व ब्रम्हाण्डमा नासाको इञ्जुइनिटी मार्स हेलिकप्टरले नयाँ इतिहास बनाएको छ। यो हेलिकोप्टर मंगलग्रहमा संचालित हुने र नियन्त्रित उडान बनाउन सक्ने इतिहासको पहिलो विमान भएको छ।

नासाको पर्सिएभरेसन मार्स रोभरले हेलिकप्टरबाट प्राप्त डाटा दक्षिणी क्यालिफोर्नियामा जेट प्रोपल्सन प्रयोगशालामा पठाएपछि उडान सफल भएको पुष्टि भएको छ। प्राप्त डाटाअनुसार यस हेलिकाप्टरले अधिकतम १० फिट (३ मीटर) को उचाइसम्म आफ्नो उडान गरेको थियो र ३० सेकेन्डसम्म मंगल ग्रहमा स्थिर उडान गरेर तल उत्रेको थियो। कुल ३९.१ सेकेन्डसम्म मंगल ग्रहको सो हेलिकप्टरले आकाशमा उडान गरेको थियो।

राइट दाजु भाइहरूले हाम्रो पृथ्वी ग्रहमा पहिलो उडान गर्न सफल भएको ११७ वर्षपछि नासाको हेलिकप्टरले अर्को विश्वमा यो अचम्मको प्रदर्शन गर्न सफल भएको हो। जबकि उड्डयन इतिहासमा यी दुई प्रतीकात्मक पलहरू पृथ्वीबाट १७३ मिलियन माईलको दूरीमा भएको छ।

नासाले मंगल ग्रहमा आन्तरिक उडान गर्न सफल हेलिकाप्टरको उडान भएको स्थल हेलिप्याडलाई ‘राइट ब्रदर्श मैदान’ नामाकरण गरेको छ। नासको यो नयां कदमले पृथ्वीमा भएको उडानको सम्झनामात्र गरेको छैन बरु मंगलग्रहभित्रको उडानलाई पनि राइट ब्रदर्सको त्यो पहिलो ऐतिहासिक र साहसिक कामसँग जोडेर इतिहासको सम्मान गरेको छ।

१.८ किलोग्राम तौल भएको मंगलग्रहभित्र उडान गरेर इतिहास बनाउन सफल भएको सो हेलिकाप्टरले रेड ग्रहको रुपमा चिनिने मंगल ग्रहको अन्वेषणमा हवाइ परिप्रेक्ष्य समावेश गर्न सक्छ कि भनेर प्रदर्शन गर्ने उद्देश्य राखेको थियो।

रातो ग्रहको गुरुत्वाकर्षण पृथ्वीको एक तिहाइभन्दा कम छ र पृथ्वीको तुलनामा सतहमा केवल १ प्रतिशत हावाको दबाब र अत्यन्त पातलो वातावरण छ। यसको मतलब त्यहाँ तुलनात्मक रूपमा थोरै वायु अणुहरू छन् र पनि दुई–फिट चौडाइ(१.२ मिटर चौडा) यस हेलिकोप्टरका रोटर ब्लेडहरूले दक्षताका साथ पातलो वातावरणसँग जुधेर आफ्नो उडान सफल पारेको छ।

यस हेलिकाप्टरलाई पर्सिभरेन्स नाम दिएको मार्स २०२० रोभरमा जडान गरेर मंगल ग्रहमा पठाको थियो जुन आकाशबाट मंगल ग्रह खोजीको लागि डिजाइन गरिएको छ र यो हेलिकाप्टर अर्को ग्रहमा शक्ति–नियन्त्रित उडान प्रयास गर्ने इतिहासको पहिलो विमान हो मानब इतिहासमा यो नै पहिलो मानव निर्मित हेलिकाप्टर भएको छ जसले पृथ्वीबाट पर्सिभरेन्सका साथ टेक अफ गरेर मंगल ग्रहको आकाशमा उडान गरेको छ।

हेलिकाेप्टरमाथि सोलर प्यानल छ, काउन्टर घुमाउने ब्लेडहरूको रोटर प्रणाली, उनीहरूको मोटर्स, ब्याट्री, सर्किट बोर्डहरू छन्। हेलिकप्टरमा यसको लिथियम–आयन ब्याट्री चार्ज गर्न सौर्य कोषहरू हुन्छन् र चिसो रातमा यसलाई न्यानो राख्नको लागि एक तताउने संयन्त्र रखिएको छ ।

नासाले यसलाई मंगल ग्रहको बाताबरणले उड्डयनलाई कसरी असर गर्छ भनेर हेर्न प्रयोग गरेको छ। र हामी मंगल ग्रहमा हेलिकप्टर, ड्रोन र अन्य विमानहरू उडान गर्न सक्दछौं भनेर प्रमाणित भएको छ।

 

यसप्रकार हावामा उडेर क्यामेराले सुसज्जित हेलिकोप्टरले आकाशबाट मंगलग्रह सर्वेक्षण गर्नेछ। मंगलग्रहमा उडान गर्ने हेलिकप्टर भनेको पृथ्वीमा उडान गर्ने हेलिकप्टर जस्तै हो, तर मंगलग्रहमा पृथ्वीमा भन्दा एक तिहाई कम गुरुत्वाकर्षण र ९९ प्रतिशत कम हावा भएकोले थोरै भिन्नताहरू छन्।

यसका ब्लेडहरू प्रति मिनेट लगभग ३०० रिभोल्युसनमा स्पिन हुनेछ जुन पृथ्वीको हेलिकप्टरभन्दा १० गुणा बढी हो। मंगल ग्रहको वातावरण पृथ्वीको एक प्रतिशत मात्र छ, त्यसैले जब यो हेलिकप्टर मंगल ग्रहको सतहमा हुन्छ, यो पृथ्वीबाट १००,००० फिट (३०४८० मिटर ) माथि भएको बराबर हुनेछ।

२०२० रोभर मंगलग्रह पुगेको केही महिनापछि यो हेलिकोप्टरले आफ्नो उडान सुरु गरेको थियो। हेलिकोप्टरमाथि सोलर प्यानल छ जसले सूर्यबाट आउने शक्तिलाइ संचय गर्ने छ र यही शक्तिले हेलिकोप्टरले प्रत्येकपटक बढीमा ९० सेकेन्डसम्म केही परीक्षण उडानहरू गर्ने छ। नासाका अनुसार, पृथ्वीबाट कन्ट्रोल गरिने यस हेलिकप्टरको आफ्नो पहिलो बेट्री चार्ज र परीक्षणहरु पछि यसले आपÞm्नो उडान सुरु गरेको थियो।

अर्को ग्रहको आकाशमा उडान गर्ने हेलिकप्टरको विचार रोमाञ्चक देखिन्छ जसको उद्देश्य मंगल ग्रहमा त्यस्ता विमानहरूको उपयोगिता प्रदर्शन गर्ने हो। मंगलग्रहमा हेलिकप्टर हाम्रो भविष्यको विज्ञान, अन्वेषण र खोजीको अभियानको लागि एक महत्वपूर्ण अभियान भएको छ।

यो अभियान सफल भएपछि इतिहासमा संयुक्त राज्य अमेरिका पहिलो राष्ट्र हो जसले मंगलग्रहभित्र हेलिकप्टर उडान गर्न सफल भएको छ।
११७ वर्ष पहिले पहिलोचोटि १९०३ मा राइट ब्रदर्सले प्रमाणित गरे कि पृथ्वीमा संचालित, निरन्तर र नियन्त्रित उडान सम्भव थियो, त्यसरी नै अमेरिकीहरूको समूहले मंगलग्रहभित्र पनि उडान सुरु गर्ने यो पहिलो हेलिकोप्टर भएको छ।

यो रमाइलो र दूरदर्शी उपलब्धिले संयुक्त राज्य अमेरिका र संसारभरका युवाहरूलाई वैज्ञानिक र इन्जिनियर बन्न प्रेरित गर्ने छ र भविष्यमा अझ बढी खोजहरूका लागि मार्ग प्रशस्त गरेको छ। @dcnepal.com