FLASH NEWS
  • Loading...

दृष्टि होइन, दृष्टिकोण बदलौं

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६३ पटक पढिएको
दृष्टि होइन, दृष्टिकोण बदलौं

तत्कालीन समयमा राजालाई सल्लाह दिदै मिक्यावेलीले आफ्नो एक पुस्तकमा लेखेकी थिईन ‘अति गोप्य र महत्त्वपूर्ण कुरा मित्रलाई पनि नसुनाउनु र अति तुत्छ र अभद्र किसिमले दुश्मनलाई पनि गाली नगर्नु । किनकि मित्र कुनै पनि वेला शत्रुमा बदलिन सक्दछ र त्यो वेला आफैंलाई संकट पर्न सक्दछ ।

त्यसैगरी कुनै पनि वेला शत्रु पनि मित्रमा बदलिन सक्दछ र त्यो वेला उसँग सहकार्य गर्नलाई नैतिक संकट पर्न सक्दछ ।’  त्यसैगरी जननेता मदन भण्डारीले पनि भनेका थिए, ‘राजनीतिमा कोही स्थाई शत्रु र कोही स्थाई मित्र हुदैन ।’ वर्तमान नेपाली राजनीतिक परिवेशमा उक्त भनाईहरु कति सान्दर्भिक रहेछन भन्ने कुराको नै पुष्टि भईरहेको छ ।

त्यसैकारण सवैप्रकारका आरोप प्रत्यारोप, छुद्र व्यक्ति तथा दलगत स्वार्थहरु भन्दा माथि उठ्दै अहिलेसम्मका उपलब्धिहरुको जगमा टेकेर नै मुलुकको स्थाई निकास, शान्ति र समृद्धिको थप तथा नयाँ एजेन्डाहरुका विषयहरुमा सौहार्दपुर्ण  छलफल वहस गर्दै गोलबन्द हुनसक्ने शक्तिहरु धुर्वीकृत हुँदै गई यश विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रयत्न गर्नु पर्छ र यो नै अहिलेको मुख्य आवश्यकता पनि हो र फेरिपनि हामी यही विषयमा सम्पुर्ण परिवर्तनशिल शक्तिहरुमाझ गंभीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

अर्को विषय पनि हामी आम जनतामा के प्रष्ट पार्न चाहन्छौं भने यतिबेला नेपाली राजनीतिक परिस्थितिमा तिनथरी सोच भएका शक्तिहरु विद्यमान छन । एक थरी जो अहिलेसम्मको विभिन्न आन्दोलन र युद्धहरु मार्फत प्राप्त उपलब्धिहरु मन नपराउने शक्तिहरु छन जसलाई हामी राजनैतिक भाषामा प्रतिक्रियावादी भन्ने गर्छौ । दोस्रो वर्तमान उपलब्धि नै सबथोक हो र यसबाट कत्ति पनि टसको मस गर्न हुदैन भन्ने सोच भएका शक्तिहरु छन जसलाई हामी राजनैतिक भाषामा यथास्थितिवादी भन्ने गर्दछौं ।

पहिलो शक्ति अनेक बहनामा मुलुकलाई पछाडि धकेल्ने कदमको तयारीमा छ र त्यसको लागि अनुकुल मौका कुरेर बसेको छ । जसलाई हामी प्रतिगमन पनि भन्ने गर्छौं जो समाजको गतिशीलता विपरीत मात्र छैन स्वतन्त्रताको निम्ति खतरनाक पनि छ।दोस्रो शक्ति यथास्थितिको नाममा मुलुकलाई सदा अस्थिरतामा राखी वेथीति,भ्रष्टाचार,दण्डहीनता,गरीबी, वेरोजगार लगायत तमाम खालका विकृति विसंगतिलाई टेवा दिन पुग्दछ जो स्थिरता,न्याय,सुशासन,शान्ति र समृद्धिको विपरीत मात्र छैन अन्तत प्रतिक्रियावादी शक्तिहरुकै षड्यन्त्रको योजनालाई सफल पार्ने पृष्ठभूमि पनि तयार पार्ने कार्यमा सामेल हुन पुग्दछ ।

शक्तिहरु राज्यको नेतृत्व गर्ने स्थानमा पुगेपछि संधै किन आफ्नो उदेश्यबाट च्युत हुन्छन ? साँच्चै नै यो प्रष्न वर्तमान स्थितिमा झनै पेचिलो बन्दै गएको छ । हामीले विभिन्न कालखण्ड र संकटहरु पश्चात राज्य व्यवस्था तथा प्रणालीहरु बदल्यौं । तर राज्यको र त्यसको नेतृत्वको चरीत्र तथा प्रवृत्ति चै कहिल्यै बदलेनौं वा बदल्ने कोशिश नै गरेनौं।

दृष्टि हैन दृष्टिकोण बदल्यौं भने यहाँ सब ठिक हुन्छ । सिर्फ दृष्टिकोण । हिजो बेठीक भएको चिज आज ठीक हुने रहेछ । हिजो बेथिति रहेको कुरो आज थितिमा परिणत हुन सक्ने रहेछ । ठीक भनेका रहेछन मिक्यावेली र मदन भण्डारीले । यसै सन्दर्भमा ओशोको भनाई छ ‘साधुको पनि विगत हुन्छ र अपराधीको पनि भविष्य हुन्छ ।’