FLASH NEWS
  • Loading...

रुसले हजारौं सेना, ट्यांक, मिसाइल लञ्चर र लडाकू जहाज ल्याएर युक्रेनलाई घेरा हाल्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०५ पटक पढिएको
रुसले हजारौं सेना, ट्यांक, मिसाइल लञ्चर र लडाकू जहाज ल्याएर युक्रेनलाई घेरा हाल्यो

एजेन्सीहरु – रुसले हजारौं सेना, घातक ट्यांक, मिसाइल लञ्चर र लडाकु जहाज सी क्षेत्रमा ल्याएर युक्रेनसँगको सीमा क्षेत्रमा घेराबन्दी गरेको छ । यस क्षेत्रमा तनाब बढ्न लागेसँगै अमेरिकी युद्धपोत पनि ब्ल्याक सीतर्फ बढ्न थालेका छन् । पूर्वी युक्रेनको विवादित डोनबार क्षेत्रमा युक्रेनले ठूलो परिमाणमा सैन्य शक्ति जम्मा गरेको छ र रुसले युक्रेनलाई ‘पूर्ण सैन्य अपरेशन’को चेतावनी दिएको छ ।

रुसले सीमा क्षेत्रमा २०१४ यताकै सबैभन्दा ठूलो संख्यामा सैन्य शक्ति जम्मा गरेको ह्वाइट हाउसले जनाएको छ । रुसी ट्यांक र मिसाइल लञ्चरहरु त्यस क्षेत्रमा ओसारिएका कैयौं भिडियोहरु सार्वजनिक भएका छन् जसले त्यहाँ पूर्ण सैन्य युद्ध हुन सक्ने त्रास बढेको छ । विवादित डोनबास क्षेत्रसँग जोडिएका रुसका भोरोनेज र क्रास्नोदारमा सैन्य बेस क्याम्प स्थापित भएका स्याटेलाइट तस्वीर पनि सार्वजनिक भएका छन् ।

शुक्रबार क्रेमलिनले पूर्वी युक्रेनमा पूर्ण युद्धको आशंका भएकोले त्यहाँ भएका रुसी नागरिकको रक्षाको लागि कदम उठाउन सक्ने बताएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यहाँ परिस्थिति निकै अस्थिर भएको बताउँदै यसले त्यहाँ पूर्ण सैन्य संघर्षको स्थिति ल्याउने जोखिम बढाएको बताएका थिए । युक्रेनका सैन्य प्रमुदले भने पूर्वी षेत्रमा विद्रोहीहरुमाथि सैन्य आक्रमणको तयारी भइरहेको रुसको दावीको खण्डन गरेका थिए ।

मस्कोले २०१४ मा युक्रेनको क्रिमियन प्रायद्विपलाई सूचीकरण गरेपछि यहाँ रुस समर्थित पृथकतावादी र युक्रेनको सेनाबीच संघर्ष चलिरहेको छ । यो संघर्षमा १४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । युक्रेन र पश्चिमी देशहरुले रुसमाथि पृथकतावादीलाई सहयोग गर्न सेना र हतियार पठाएको आरोप लगाउँछन् । तर, मस्कोले यो आरोप अस्वीकार गर्दै आइरहेको छ । शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले यस वर्ष मात्रै २६ युक्रेनी सैनिक मारिएको बताएका छन् ।

पश्चिमी देश र युक्रेनी अधिकारीहरुले युक्रेनसँगको सीमा क्षेत्रमा रुसले स्थापना गरिरहेका सैन्य संरचनालाई लिएर चिन्ता व्यक्त गरेका छन् । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले फ्रान्स र जर्मनीका समकक्षीसँग यस विषयमा छलफल गरेका थिए । यसअघि जर्मन चान्सलर एन्जेला मोर्केलले पनि टेलिफोन कुराकानीका क्रममा भ्लादिमिर पुटिनसँग सैन्य संरचना हटाउन आग्रह गरेकी थिइन् । शुक्रबार टर्कीको विदेश मन्त्रालयका एक अधिकारीले पनि अमेरिकाले आफ्ना २ युद्धपोत १४ र १५ अप्रिलमा ब्ल्याक सीमा आउने र ४ र ५ मेसम्म त्यहाँ रहने जानकारी दिएको बताए ।