FLASH NEWS
  • Loading...

बम विस्फोटमा घाइते भएका युवकको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३४ पटक पढिएको
बम विस्फोटमा घाइते भएका युवकको मृत्यु

बागलुङ बम विस्फोटमा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।

स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् । घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।