FLASH NEWS
  • Loading...

कारोना कहर : एक वर्षदेखी बन्द चीज उद्योग अझै खुलेनन्

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८५ पटक पढिएको
कारोना कहर : एक वर्षदेखी बन्द चीज उद्योग अझै खुलेनन्

कोरोना भाईरस (कोभिड–१९) फैलिएपछि लकडाउनसँगै बन्द भएका यहाँका चीज उद्योगहरु अझै खुल्ने अवस्थामा छैनन ।
लकडाउन खुकुलो भएपनि चीज सेवन गर्ने खास ग्राहक पर्यटक आउने अवस्था अझै नबनेपछि यहाँका गाईपालक किसान थप निराश भएका छन । जिल्लाको अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार, ६ घारा र ८ राम्चेमा रहेका चीज उद्योगहरु गत वर्ष फागुनदेखी बन्द छन ।
अन्नपूर्ण चक्रिय पदमार्गका तातोपानी, घोरेपानी, घान्द्रुक देखी हिमालपारीको मुस्ताङसम्मका होटल खुल्ला भएपनि पर्यटक आएका छैनन । कोरोना कहरले चीज उद्योग मात्र बन्द भएन, उद्योगमा स्टक रहेको दशौं टन चीज सडेर खेर गएको ति उद्योगले जनाएका छन ।
‘पर्यटक घट्नथालेसँगै चीजको माग घट्यो । हिउँदको अफ सिजनमा उत्पादित चीजको स्टक धेरै थियो । लकडाउन सुरु भएपछि प्रतिकेजी ५ सयमै स्थानीयलाई विक्रि गरेपनि स्टक आउट भएन, लाखौं मुल्य बराबरको चीज कुहिएर खेर गयो’ अन्नपूर्ण गाउँपालिका, ६ घारास्थित हिमालय चीज उद्योगका श्याम खड्काले भने, ‘चीज उत्पादन बन्द मात्र भएको छैन, चीज उत्पादन गर्न चाहिने गाईको दुध उत्पादक किसान हतोत्साही भै धमाधम गाई नै विक्रि गर्न थालेकाले उद्योग फेरी नब्युतेलाकी भन्ने डर बढी छ ।’
३५ जना कृषक आवद्ध निलगिरी गाई पालन कृषी सहकारी संस्थाले स्थापना गरेको हिमालय चीज उद्योगमा खपत भैरहेको दैनिक तीन सय लिटर दुध खेर गैरहेको छ । त्यसैगरी पाउद्धार माध्यामिक विद्यालयले स्थापना गरेको खयरवराही चीज उद्योगमा दैनिक ७० लिटर र राम्चेदेउराली चीज उद्योगमा दैनिक ५० लिटर दुध अहिले खेर गैरहेको छ ।
‘दुधको पनीर समेत विभिन्न खाद्य वस्तु उत्पादन गर्न त सकिन्छ तर नजिकै ठूला वजार छैन, चीजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन’ खयरवराही चीज उद्योगका कर्मचारी नौलबहादुर तिलिजाले भने, ‘लकडाउन खुकुलो भएसँगै होटल समेत सवै क्षेत्र खुलेपनि बाह् तथा आन्तरिक पर्यटक आएका छैनन । गाउँघरमा पनीर समेतका दग्धजन्य पदार्थको परम्परागत उपयोगबाहेक प्रयोग गर्ने चलन पनि छैन, आर्थिक हैसियत पनि पुग्दैन ।’
पर्यटकको रुचीमा पर्ने अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख गन्तब्यहरु तातोपानी, घोडेपानी, टाडापानी समेतका पर्यटकीय क्षेत्रमा पर्यटकको खानामा प्रयोग हुने प्रमुख सामाग्री चीजको माग अधिक भएपछि वरपरका वस्तीमा कृषकहरु मिलेर चीज उद्योग खुलेका थिए ।
‘स्थानिय घोरेपानी, तातोपानी समेतका पर्यटकीय क्षेत्र देखी पोखराको लेकसाईडका होटल/रेष्टुरेन्टमा हाम्रो चिजको माग थियो । कोरनाले सवै खाईदियो’ हिमालयन चीज उद्योगका कृषक लिलबहादुर खड्काले भने, ‘दुध बेचेर घरमै राम्रो आम्दानी गर्ने आसामा ८० हजारसम्म मुल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड जर्सी समेतका उन्नत गाई किन्यौ । तर अहिले दुध विक्रि नै भएको छैन । गाई अलपत्र परेका छन ।’