FLASH NEWS
  • Loading...

माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट ६ महिना निलम्बित, पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण सोध्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१४ पटक पढिएको
माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट ६ महिना निलम्बित, पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण सोध्ने

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको छ ।

पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हाे  । एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

यसअघि चैत ८ गते एमालेले नेपाल र रावललगायत ४ जनालाई स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । एमालेले पाण्डे र भुसाल दुवैले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लागेमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सक्ने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्ने अध्यक्ष ओलीले पत्रमा उल्लेख गरेका छन् ।

यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाललाई जानकारी दिए।